• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

सरकारी अस्पतालमा भौतिक पूर्वाधार थपिए, जनशक्तिको अभाव: मन्त्री साह

२०७७ भाद्र २८, आईतवार ०८:३०

कोरोना महामारीका वेला विभिन्न क्षेत्रमा नकारात्मक असर परे पनि सरकारी स्वामित्वको अस्पतालमा भने उल्लेखनीय सुधार भएको पाइएको छ । प्रदेश २ सरकार र विकास समितिबाट दुई सय शय्याको प्रादेशिक अस्पताल जनकपुरलाई विस्तार गरेर अहिले तीन सय २० शय्याको बनाइएको छ ।  प्रदेश २ सरकारले प्रादेशिक अस्पताललाई पाँच सय बेडको बनाउन स्वीकृति दिइसकेको छ । 

प्रदेश २ अन्तर्गतका जिल्ला अस्पतालहरू महोत्तरीको जलेश्वर, सप्तरीको भारदा र पर्साको पोखरिया अस्पताललाई १५ बाट क्षमता वृद्धि गरी ५० शय्याको बनाउन स्वीकृत प्रदान गरिएसँगै भौतिक पूर्वाधारका कार्यहरू धामधम भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रादेशिक अस्पताल जनकपुर, गौर, पर्साको नारायणी र सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा पिसिआर मेसिन जडान भई स्वाब परीक्षणको काम भइरहेको छ । सिराहाको सिराहा, महोत्तरीको जलेश्वर, सर्लाहीको मलंगवा, बाराको कलैयालगायतका अस्पतालमा कोरोना संक्रमणको परीक्षण गर्ने पिसिआर मेसिन तत्काल नै जडान गरिने सामाजिक विकास मन्त्रालयले जनाएको छ । ती अस्पतालहरूमा पिसिआर मेसिन खरिदका लागि टेन्डर भइसकेको उल्लेख गर्दै सामाजिक विकासमन्त्री नवलकिशोर साहले भने, ‘कोरोनाले हरेक क्षेत्रलाई तहसनहस गऱ्यो, तर अस्पतालहरूमा भने व्यापक सुधार गर्ने अवसर जुट्यो ।’ प्रादेशिक अस्पतालमा क्याथ ल्याब, आधुनिक अप्रेसन थिएटरका लागि भौतिक पूर्वाधारको काम सुरु भइसकेको मन्त्री साहले बताए । 

प्रदेश सरकारमातहत रहेका अधिकांश अस्पतालमा अक्सिजन प्लान्ट, फोहाेर व्यवस्थापनलगायतका मेसिन जडान र मिर्गाैलाका बिरामीका लागि डाइलाइसिसको सेवा सञ्चालन गरिने तयारी अन्तिम चरणमा पुगेको स्वास्थ्य निर्देशनालयका निमित प्रमुख डा. विजय झाले बताए।  

जनशक्तिको अभावमा सेवा प्रभावित 
भौतिक पूर्वाधारमा प्रदेशमातहतका अस्पतालहरू सम्पन्न हुँदै गए पनि जनशक्तिको अभावमा जनअपेक्षाअनुसारको सेवा दिन सकिरहेका छैनन् । महोत्तरीको जलेश्वर अस्पतालमा भेन्टिलेटर जडान भएको हप्तौँ भइसक्दा पनि जनशक्तिको अभावमा सञ्चालनमा आएको छैन । ‘विगतभन्दा कोरोना महामारीको वेला प्रदेशमातहतका अस्पतालहरूमा भौतिक पूर्वाधारमा उल्लेखनीय सुधार भयो,’ मन्त्री साहले भने, ‘जनशक्तिको अभावमा जनअपेक्षाअनुसार सेवा दिन नसकिरहेको सत्य हो, तर त्यसलाई व्यवस्थापन गर्न अस्पतालहरूले आफ्ना आवश्यकताअनुसारका कर्मचारी भर्ना गरिरहेका छन् ।’ 

प्रदेश लोकसेवा ऐन कार्यान्वयन भएपछि मात्रै सरकारले स्वास्थ्यलगायतका अन्य क्षेत्रमा कर्मचारी भर्ना गर्ने मन्त्री साहले बताए । दुई महिनामा तीनवटा सचिव फेर्नुले पनि आफ्नो मन्त्रालयको कामकाज प्रभावित हुँदै आएको मन्त्री साहले दुखेसो पोखे ।  

एमडी र एमएस पढाइ हुने 
प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गरिने प्रदेश सरकारले निर्णय गरिसकेको मन्त्री साहले बताए । प्रतिष्ठान भएपछि एमडी, एमएसको पढाइ हुने उनले जानकारी दिए । 

सम्बन्धित खवर

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव
प्रदेश विशेष

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश
प्रदेश विशेष

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र
प्रदेश विशेष

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने
प्रदेश विशेष

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले
शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव
प्रदेश विशेष

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले
‎जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकीकरण सम्पन्न
प्रदेश विशेष

‎जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकीकरण सम्पन्न

56 years पहिले

ताजा समाचार

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले
शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us