मिर्चैया ,चैत्र १२ गते। दलित सरोकार मंच,सप्तरी कंचनपुर द्वारा सिराहाको मिर्चैया मा अायोजित भुमि,नागरिकता,जनगणना,वजेट र दलित सशक्तीकरण ऐन कार्यान्वयनका सवालमा दलित अगुवाहरुको प्रदेशस्तरिय सभालाई सम्बोधन गर्नुहुदै प्रदेश २ सामाजिक विकास मन्त्री नवलकिशोर साहले अहिलेको युग जातिवादको युग नभई मानवता र परिवर्तनको युग रहेको वताउनुभएको छ।उहाले दलित समुदायको समग्र विकासका लागि प्रदेश सरकारले ऐन ल्याई कार्यान्वयनमा ल्याएको वताउनुभयो।
मंचका अध्यक्ष भोला पासवानको अध्यक्ष्ातामा उदधाटित कार्यक्रममा प्रदेशसभा सदस्य रामपरि देवी, दलित विकास समितिका सदस्य सेवकि देवि दास,श्यामसुन्दर सरदार, कर्जन्हा नगरपालिकाका प्रमुख, तिरहुत गा. पा. उप प्रमुख तिर्थमाया खंग लगायतका अतिथिहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्