सप्तरी, फाल्गुन १ गते। जनता समाजवादी पार्टी (जसपा) नेपालको “जनतासँग जसपा नेपाल: आधारभूत संगठन निर्माण अभियान” कार्यक्रम अन्तर्गत खडक नगरपालिकाको विभिन्न स्थानबाट सयौं संख्यामा जसपा नेपालमा प्रवेश गरेका छन्।
सप्तरीको खडक नगरपालिका आयोजनामा पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथिका जसपा नेपालका केन्द्रिय अध्यक्ष माननीय उपेन्द्र यादवको उपस्थितीमा नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी, लोसपा, नेकपा एस र माओवादी पार्टीका सदस्यहरू जसपा नेपालमा प्रवेश भएका छन्।
कार्यक्रममा नयाँ सदस्यहरूको स्वागत गर्दै जसपा नेपालका अध्यक्ष यादवले उनीहरूलाई गम्छा, माला र टीका लगाएर पार्टीमा स्वागत गरेका छन्। यस प्रकारका कार्यक्रमले जसपा नेपाललाई थप मजबुत बनाएको र भविष्यमा अझ धेरै जनताको साथ प्राप्त गर्ने विश्वास व्यक्त गरिएको छ।
प्रतिक्रिया दिनुहोस्