महोत्तरी, फाल्गुन २ गते। पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव र प्रदेश सांसद तथा पूर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री मा. सरोज कुमार सिंह कुशवाहाको संयुक्तमा रामगोपालपुर नगरपालिका वडा नं. ८, विर्तामा सामुदायिक धर्मशालाको उद्घाटन गर्नु भएको छ।
उक्त उद्घाटन समारोहमा जसपा नेपाल महोत्तरी जिल्ला कार्यकारिणी सदस्य रबिन्द्र सिंह, नगर संयोजक सुरेश यादव, स.संयोजक बिजय यादव, बुथ कमिटी अध्यक्ष बिपिन मण्डल, एवम् नागरिक समाज र युवाहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।
विर्तामा सामुदायिक धर्माशालाको उद्घाटनले क्षेत्रको धार्मिक र सामाजिक विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरिएको छ। उद्घाटन समारोहमा वक्ताहरुले सम्बोधन गर्दै समृद्धि र समाजिक सशक्तिकरणका लागि यस परियोजना महत्वपूर्ण हुने बारेमा भनाइ राखिएको थियो।
धर्मशाला सामाजिक विकास इकाई जनकपुरको कोषबाट सहयोगमा निर्माण भएको छ।
प्रतिक्रिया दिनुहोस्