जनकपुरधाम,भदौ २६ गते प्रदेश सांसद रामअशिष यादवले समृद्धिको एक मात्र प्रवेशद्वार शिक्षा रहेको कुरा बताउनुभयो ।
धनुषा निर्वाचन क्षेत्र नं २, हंसपुर नगरपालिका को भगवानपटीस्थित श्री राष्ट्रिय प्राथमिक विधालय भवनको शिलान्यास गर्ने क्रममा प्रदेश सांसद यादवले मानव सभ्यता र समृद्धि का लागि गुणस्तरीय शिक्षा अावश्यक रहेको कुरामा जोड दिनुभयो ।प्रदेश सांसद यादव र वार्ड अध्यक्ष रामदेव कापरले संयुक्तरूपमा गरेका विधालय भवन शिलान्यास कार्यक्रममा जसपा जिल्ला उपाध्यक्ष ,शिक्षा सुधार अभियानका दुत अम्भु प्रसाद साह,युवा अध्यक्ष दिपेन्द्र कापडि,शिक्षा सुधार अभियानका दुतहरु जयप्रकाश मंडल,कृष्ण दिक्षितअभियन्ता उमेश साह,प्राधानाध्यापक दिलिप साह सहित स्थानीयबासीहरुको सहभागिता रहेका छन।
शिलान्यास कार्यक्रम अघि वालवालिकाहरुलाई कलम,कापि सहितका शैक्षिक सामाग्री वितरण गरिएको छ।सुरक्षित र वातावरण मैत्री विधालय निर्माण गर्न उदेश्यले वृक्षारोपन पनि गरिएको थियो ।शिक्षा सुधार अभियान अन्तर्गत प्रदेश सांसद रामअशिष यादवको प्रयासले क्षेत्रका १ दर्जनभन्दा बढि सामुदायिक विधालयहरुको शैक्षिक तथा भौतिक पुर्वाधारमा सुधार भएको छ।
























