जनकपुरधाम, श्रावण ९ गते । हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै चुरे श्रृंखला हो । पश्चिममा पाकिस्तानको इन्डस नदी देखि पूर्वमा भारतको ब्रम्हपुत्र नदीसम्म फैलिएको चुरे श्रृंखला ,चुरे शिवालिकको नामबाट पनि चिनिन्छ । नेपालमा पूर्व इलामदेखि पश्चिम कन्चनपुरसम्म ३६ वटा जिल्लाहरूमा झण्डै ८०० कि.मि.क्षेत्रफलमा फैलिएको चुरेको कुल भू–भागको १२.७८ प्रतिशत चुरे क्षेत्र नेपालमा पर्दछ । अधिकांश ठाउँमा मधेशको भू–भाग सकिएर माथि उठेको भू–भाग तथा महाभारत क्षेत्रको भू–भागबाट ओर्लिंदा भेटिने अन्तिम पहाडका रूपमा चुरे शिवालिक पहाड रहेको छ । सामान्यतया पूर्ण रूपमा नखाँदिएको खुकुलो पत्रे चट्टान भएको र महाभारत रेन्जबाट बग्ने नदीहरू यही चुरे क्षेत्र भई मधेश तर्फ बग्ने हुँदा प्राकृतिक रूपले मधेशको भु-भाग अत्यन्त संवेदनशील रहेको छ।
१) चुरे भावर क्षेत्र खानेपानीका लागि एक मात्र श्रोत हो।
२)चुरे विनाशले मधेशको उपजाउं भूमि बंजर भैई पानीको हाहाकार ।
३)चुरे विनाशले मधेशमा डुबान,बाढी ,कटान र जनधनको ठुलो क्षति।
४) चुरे विनाशले मधेशमा कृषि उत्पादनमा व्यापक ह्रास ।
५) राज्यद्वारा चुरे विनाशका लागि नीतिगत रुपमा गर्दै आएको सुकुम्बासीको नाममा लालपुर्जा वितरण ,मानव वस्ती विस्तार सहित चुरे क्षेत्रमा भौतिक पुर्वाधार विकास निर्माण कार्य तत्काल नरोकिएमा चुरे विनाश भैई भयावह अवस्था आउने निश्चित छ।
भुसंरक्षण,जल संरक्षण,वन संरक्षण र जैविक विविधताको संरक्षण नै मानव सभ्यताको संरक्षण हो भने याथार्तलाई राज्यले आत्मसात गरि संसदीय समितिमा बिचाराधिन अवस्थामा रहेको भूमि सम्बन्धी संशोधन बिधेयक २०८२ तत्काल फिर्ता लिनुपर्ने।
संघीय सरकार,प्रदेश सरकार र स्थानीय सरकारले संयुक्त रुपमा सहकार्य गरि नेपालको जीवन रेखा रहेको चुरे जंगल र शिवालिक पर्वतलाई वैज्ञानिक प्रविधिबाट संरक्षण नगरे सम्म मधेशको प्रमुख जलश्रोत तथा नेपालको अन्न भण्डार रहेको मधेशको उपजाऊ भुमि बन्जर भैई नेपाल रुवाणडा र सुडान देश जस्तै गरिब देशहरुको (LDC) सूचीमा सुचिकृत हुने निश्चित छ।
























