जनकपुरधाम फागुन २८ गते। संगठन विस्तार एक अभ्यासका साथ जनता समाजवादी पार्टी नेपालका नेता र कार्यकर्ताहरु ग्रामीण क्षेत्रमा संगठन विस्तार गर्न भागिरथ प्रयास गर्दै आएका छन्।
धनुषा निर्वाचन क्षेत्र नं ४ को जनकपुर उपमहानगरपालिका वाडा न ८ मा भएको पार्टी को सभ भन्दा सानो वाडा बैठक सम्पन्न भएको छ।
वाडा समितिको अध्यक्ष बाबा रामदेव यादवको अध्यक्षतामा भएको कार्यक्रम को प्रमुख अतिथिको आशिनबाट बोल्दै जनता समाजवादी पार्टी मधेश प्रदेश उपाध्यक्ष शेषनरायण यादवले बैकल्पिक शक्तिको रूपमा अघि बढ्दै गरेको जनता समाजवादी पार्टी नेपालको शक्ति जसपाका प्रशिक्षित स्थानीय स्तरका नेता र कार्यकर्ताहरु रहेको कुरा बताउनुभएको छ।
उक्त कार्यक्रममा जसपा मधेश प्रदेश समिति सदस्य साजिद हुसेन, जसपा जनकपुर उपमहानगरपालिका नगर अध्यक्ष बिशनुदेव साह, जसपा नगर उपाध्यक्ष वासिम अकरम, लगाईतका वक्ताहरुले पार्टीका नीति बारे मन्तव्य राखेका थिए।
























