• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

संकटमा फसेका पासाङलाई प्रचण्डको भरथेग, शक्ति संघर्षमा को चेपिएलान ?

२०८१ पुष २०, शनिबार १६:५४
संकटमा फसेका पासाङलाई प्रचण्डको भरथेग, शक्ति संघर्षमा को चेपिएलान ?

काठमाडौं । नेकपा माओवादी केन्द्रभित्रको शक्ति संघर्ष पेचिलो बनिरहेको छ । नेताहरुबीच चलेको संघर्षलाई पार लगाउन प्रचण्डले अनेक जुक्तिको बाटो अबलम्वनको प्रयास गरेपनि त्यो सम्भव होला ? धेरैले शंकाको दृष्टीले नै हेरेका छन् ।
नेकपा माओवादी केन्द्रभित्रको आन्तरिक राजनीतिमा शक्ति संघर्ष पेचिलो बनिरहेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि तल्लो तहका नेताहरुले अनेक प्रश्न गर्ने र नेतृत्वले स्वेच्छाचारी ढंगले निर्णय लाद्ने गरेको भन्दै आक्रोश पोख्न थालेका छन् ।
लामो समयदेखि नेतृत्वमा रहदै आएका प्रचण्डले अहिले पनि पार्टी नेतृत्व गर्ने गरि नेताहरु तयार भईनसकेको बताउने गरेका छन् । सार्वजनिक कार्यक्रममा नै उनले नेताहरुको पंक्ति नेतृत्वका लागि तयार नहुन्जेल आफैले पार्टीको नेतृत्व गर्ने भनिरहेका छन भने एक पटक सरकारका गएर फेरि नयाँ जोशका साथ काम गर्ने भनिरहेका छन् ।
प्रचण्डपछिको नेतृत्व को ? भन्ने विषयमा प्रचण्डले विभिन्न नेताहरुलाई जुधाउदै राज गर्ने परिपाटीको विकास गरेपछि नेताहरुले शक्ति संघर्ष चर्काएका छन् ।
प्रचण्डले पछिल्लो समय उपराष्ट्रपतिको दुई कार्यकाल सक्काएर घरमा आराम गरिरहेका नन्दकिशोर पुन ’पासाङ’लाई अघि सारेका छन् । उपराष्ट्रपतिको पदमा रहँदा नैतिक कसीलाई बलियो पार्न नसकेका पासाङ पनि राजनीतिक शक्तिको पर्खाईमा छन् ।
त्यसैले पनि उनी माओवादी केन्द्रको बैठकमा सगौरव उपस्थित भइरहेका छन् । पासाङ आफू जस्तो भएपनि छोरा दिपेश पुनलाई सहकारी ठगीमा प्रतिवादी करार गरिएको छ ।
सहकारी ठगीदेखि सुन तस्करीसम्म नाम जोडिदा दिपेशले विद्यार्थीको नेतृत्व नै ताकिरहेका थिए । यसरी राजनीतिक फेरो समात्न सकिएन भने संकट आइपर्छ भन्ने ठानेका पासाङलाई माओवादीको टेको चाहिएको छ भने प्रचण्डलाई शक्ति संघर्ष चर्काउने नेताहरु ठेगान लगाउन नेता चाहिएको छ ।
स्वार्थको जठजोड
प्रचण्डविरुद्ध वर्षमान पुन र जनार्दन शर्मा पछिल्लो समय मोर्चाबन्दी नै गरेर कस्सिएका छन् । विद्यार्थीमा उमेरहदबारे भएको निर्वाचनमा जनार्दन पक्षले उमेरहद लगाउने निर्णयमा बाजी मारेपनि वर्षमान र जनार्दनहरु मिलेर जाने तयारीमा छन् । तर, प्रचण्डले आफ्नो पक्षबाट समेत विद्यार्थीमा अध्यक्षको उम्मेदवार तयार पारिसकेको बताइन्छ ।
यस्तोमा वर्षमान जनार्दनबीच फाटो ल्याएर अघि बढ्ने मानसिकतामा सफल नहुने देखिएपछि नेकपाको नेतृत्व गरिरहेका विप्लवलाई ल्याउदा पनि तनाव कम हुने देखिन्न । यहि मेसोमा राजनीतिक संकटमा फसेका पूर्वउपराष्ट्रपति पासाङ भेटिएका हुन् ।
पासाङ पनि छोरा दिपेश पुनका कारण तनावमा छन् । भने उपराष्ट्रपतिले निर्माण गरेको बंगला सर्वहारा वर्गले उपभोग गर्ने किसिमको नभएको भन्ने चर्चा चल्दा पनि संकट स्वभाविक बनेको छ ।
यसको एउटै औषधिको रुपमा माओवादी केन्द्र र शक्ति संघर्षमा हेलिदै प्रचण्डको लामो समय समर्थन पाउने विषय पासाङका लागि हितकर हुने देखिन्छ । यहि कारण पनि प्रचण्डले शक्ति संघर्षमा पासाङलाई उतारेका छन् । तर, उनीबाट संघर्ष झेल्न कति सहज हुन्छ भन्ने विषय भने अन्योलमै छ ।
बैठकमा उठ्दै प्रश्न
उपराष्ट्रपतिको जिम्मेवारी सम्हालिसकेको व्यक्ति सक्रिय राजनीतिमा आउन नहुनेमा माओवादी केन्द्रभित्र बहस चलिरहेको छ । केहि नेताहरुले त विरोध नै गरेको बताइन्छ । तर, प्रचण्डको चाहनामा पासाङले बैठकमा उपस्थिति नै जनाउन थालेपछि भने जिम्मेवारी दिने स्थिति बन्दै गएको छ । पासाङ सम्मानित रुपमै बस्नुपर्ने र सक्रिय राजनीतिमा आउन नहुने सुझाव भने नेताहरुले बैठकमै दिएको बताइन्छ ।
नेतृत्वविरुद्ध जनार्दनको फायर
प्रचण्डचचिरुद्ध जनार्दन शर्माले विभिन्न कोणबाट प्रहार गरिरहेका छन् । पार्टीमा प्रचण्डले एकलौटी गर्न खोजेको, विधान महाधविवेशनबाट पारित विधानको पालना नगरेको जस्ता तमाम आरोप सार्वजनिक रुपमै लगाएका जनार्दनले प्रचण्डमाथि खनिन अनेक उपाय खोजिरहेका छन् ।
पार्टी सत्तामा समेत विद्यार्थीदेखि अन्य जनवर्गिय संगठनमा बलियो उपस्थिति बनाएका उनले सांसदहरु पनि जम्मा गरेको बताइन्छ । विद्यार्थीको उमेरहदबारेको निर्वाचनको पक्षमा मतदानको अपिल गर्दै नेता तथा सांसदहरुले गरेको अपिलले पनि माओवादीमा प्रचण्डविरुद्ध जनार्दन खुलेरै लागेको देखिन्छ । तर, जनार्दनमाथि प्रचण्ड पक्षका नेताहरुले भने उनको विदद्रोह विचार, संगठन र सिद्धान्त केन्द्रित नभई स्वार्थ केन्द्रित रहेको भन्ने गरेका छन् । तर, प्रचण्डलाई खुलेआम चुनौति दिदै जानर्दनले शक्ति संघर्षलाई थप पेचिलो बनाउदै लगेका छन् ।
माओवादीको तयारी
शक्ति संघर्षमा फसेको माओवादी केन्द्रले सरकारमाथिका प्रहारलाई समेत तीब्र पारिरहेको छ । माओवादी केन्द्रको स्थायी समिति बैठकले सरकारले संसद बोलाउन नखोज्नुको कारण दल विभाजनसम्बन्धिको अध्यादेश रहेको आरोप पनि लगाइरहेको छ ।
माओवादीले पार्टीभित्रको शक्ति संघर्ष र आन्तरिक विषयमा खास टिप्पणी नगरेपनि उनले प्रतिपक्षमा रहेको स्थितिलाई भने बलियो बनाउने गरि अघि बढिरहेको छ । सरकारमाथिका प्रश्नलाई दोहो¥याई तेह¥याई गरिरहेको माओवादी केन्द्रले अन्य दलसँगको सम्बाद र सहकार्यमा समेत जोड दिन थालेको छ ।

सम्बन्धित खवर

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील
प्रदेश विशेष

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव
प्रदेश विशेष

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश
प्रदेश विशेष

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र
प्रदेश विशेष

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने
प्रदेश विशेष

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले
शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव
प्रदेश विशेष

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले

ताजा समाचार

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us