आरएन पटेल, रौतहट, पौष २७ गते । रौतहटको गौरमा DOTIM परिसंघको जिल्ला स्तरीय भेला तथा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।दलित, पिछडावर्ग, थारु, आदिवासी तथा अल्पसंख्यक समुदायको संगठनात्मक सशक्तीकरणका लागि DOTIM परिसंघ (Dalit, Oppressed, Tharu, Indigenous and Minority) को रौतहट जिल्ला स्तरीय भेला तथा बृहत् अन्तरक्रिया कार्यक्रम आज गौरमा सम्पन्न भएको छ।
गौरस्थित श्री रामजानकी धर्मशालामा सुरु भएको उक्त कार्यक्रम जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) रौतहट जिल्ला समितिको विस्तारित बैठकको निर्णयअनुसार आयोजना गरिएको हो।
कार्यक्रमको उद्घोषणा तथा सञ्चालन DOTIM परिसंघका महासचिव शशिकपुर मियाँले गर्नुभएको छ भने DOTIM परिसंघका केन्द्रीय संयोजक चन्देश्वर पासवानले अध्यक्षता ग्रहण गर्नुभएको थियो।
कार्यक्रममा जसपा नेपालका राष्ट्रिय अध्यक्ष तथा प्रमुख वक्ता माननीय उपेन्द्र यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो। यस्तै जसपा नेपालका पदाधिकारीहरू विशिष्ट अतिथिका रूपमा उपस्थित थिए, जसमा सहअध्यक्ष रकम चेम्जोङ, उपाध्यक्ष गोविन्द चौधरी र केन्द्रीय कार्यकारणी सदस्य राम किशोर यादव रहेका थिए।
कार्यक्रमका सल्लाहकारहरूमा डा. पि.के. (पुरुषोत्तम) ठाकुर (प्रमुख सल्लाहकार) तथा पूर्व मन्त्री योगेन्द्र राय यादव सहभागी हुनु भएको थियो।
त्यसैगरी DOTIM परिसंघका सह-संयोजकहरू पंचराम तामाङ (आदिवासी), डा. मोफिज सिद्दीकी (मुस्लिम) र रामआश्रय चौधरीले पनि कार्यक्रममा आसन ग्रहण गर्नुभएको थियो।
कार्यक्रमकै क्रममा DOTIM परिसंघको रौतहट जिल्ला समिति काशीराम पासवानको अध्यक्षतामा २१ सदस्यीय समिति चयन गरिएको हो। कार्यक्रममा वक्ताहरुले चयन भएका नव गठित DOTIM परिसंघ रौतहटका सम्पूर्ण पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन।
कार्यक्रममा दलित, पिछडावर्ग, थारु, आदिवासी तथा अल्पसंख्यक समुदायको राजनीतिक सहभागिता, संगठन विस्तार, अधिकार संरक्षण तथा प्रतिनिधित्व सुदृढीकरणका विषयमा गहन छलफल हुने आयोजकले जनाएको छ। सहभागी वक्ताहरूले समावेशी लोकतन्त्र र सामाजिक न्यायको स्थापनाका लागि यी समुदायहरूको सशक्तीकरण अपरिहार्य रहेको धारणा व्यक्त गरेका छन।
DOTIM परिसंघमार्फत पार्टीभित्र रहेका उत्पीडित तथा सीमान्तकृत समुदायलाई संगठित गर्दै उनीहरूको आवाज नीति निर्माण तहसम्म पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जसपा नेपाल रौतहट जिल्ला अध्यक्ष राजीव रंजन यादवले बताएको छ।
कार्यक्रममा पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेता-कार्यकर्ता, विभिन्न समुदायका प्रतिनिधि तथा स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियो।
























