लहान, सिरहा माघ ०३ गते । नेपाल कराते महासंघ तथा मधेश खेलकुद परिषद् (Madhesh Sports Council) को आयोजनामा सम्पन्न लहान मेयर कप प्रदेश स्तरीय कराते प्रतियोगिता–२०८२ आज सफलतापूर्वक सम्पन्न भएको छ।
समापन कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका कार्यकारी सदस्य एवं मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री आदरणीय माननीय राजकुमार गुप्ता ज्यु प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो।
कार्यक्रममा माननीय मन्त्री गुप्ता ज्युले अन्तिम चरणका खेलहरूमा सहभागी खेलाडीहरूलाई प्रमाणपत्र वितरण तथा सम्मान गर्नुभएको थियो। उहाँले खेलकुदले युवामा अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमताको विकास गर्ने उल्लेख गर्दै मधेश प्रदेशमा खेलकुद पूर्वाधार र प्रतिभा विकासमा प्रदेश सरकार निरन्तर लागिरहेको बताउनुभयो।
प्रदेश स्तरीय यस प्रतियोगितामा मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएका खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजकका अनुसार प्रतियोगिताले नवप्रवेशी तथा प्रतिभावान खेलाडीहरूलाई प्रोत्साहन गर्दै कराते खेलको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ।
























