• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

निधिलाई टिकट पाउनै सकस, धनुषा ३ जसपाको कोटामा जाने प्राय निश्चित

२०७९ श्रावण ५, बिहीबार १४:३०
निधिलाई टिकट पाउनै सकस, धनुषा ३ जसपाको कोटामा जाने प्राय निश्चित


जनकपुरधाम, साउन ५ । निर्वाचन आयोगले अगामी साता प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गर्ने तैयारी गरेको छ । कुनै राजनीतिक घटना नभए मंसिरको पहिलो साता प्रतिनिधी र प्रदेश सभाको निर्वाचन हुनेमा कुनै दुईमत छैन ।
निर्वाचन आयोगले प्रतिनिधी र प्रदेश सभाको निर्वाचनको तैयारी शुरु गरे लगतै चियो चर्चोको मुख्य विषय नै आसन्न निर्वाचन बन्न पुगेको छ । अचेल चौक चौराहा होस की चिया पसल सबै ठाउँमा आसन्न निर्वाचनको लागी उम्मेदवारको सम्भावना देखि मतको अनुमान लगाउन शुरु गरि सकिएको छ ।
मधेश प्रदेशकै कुरा गर्ने हो भने आसन्न निर्वाचनमा सबै भन्दा बढी मुलुककै ध्यान केन्द्रित गर्ने क्षेत्रको रुपमा धनुषाको निर्वाचन क्षेत्र नं. ३ बन्न पुगेको छ ।
धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट अहिले लोसपाका बरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो निर्वाचित छन । उक्त क्षेत्र नेपाली काँग्रेसका भेट्रान नेता पूर्व उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिको जन्म थलो पनि हो । तर उहाँ पछिल्लो निर्वाचनमा पराजित हुनु भयो । सोही क्षेत्र बाट दोस्रो संविधान सभा निर्वाचनमा निधिलाई कडा टक्कर दिएकी थिइन एमाले नेतृ जुली महतो । महतो एमालेका चर्चित नेता एवं पूर्व उपप्रधानमन्त्री रघुविर महासेठ की श्रीमति हुन भने मुलुककै चर्चित धनाड्य उपेन्द्र महतोको बहिनी समेत हुन ।
आसन्न निर्वाचनमा तीनै जनाले उम्मेदवारी दिने अनौपचारिक घोषणा गरि सकेका छन । यसै बीच पछिल्लो एक वर्ष यता क्षेत्रका जनताहरुको बीच रमाउदै आफनो स्थान बनाउन प्रयासरत जसपाका युवा नेता, बौद्धिक व्यक्तित्व इन्जिनियर जीतेन्द्र यादवले समेत आफु उम्मेदवारी दिने घोषणा गरे पछि सो क्षेत्रको चुनावी माहौलमा एउटा रोचक प्रसंग थपि दिएको छ ।
राजेन्द्र, बिमलेन्द्र, जुली र जितेन्द्रको उम्मेदवारी घोषणाले धनुषा क्षेत्रनंं. ३ को चुनावी माहौल ताति रहेकै बेला आसन्न निर्वाचनमा दुई ध्रुबीय गठबन्धन हुने दलहरुको घोषणाले कुन क्षेत्र कुन दलको कोटामा पर्ने भन्ने संसय उम्मेदवारहरुको बीचमा पस्न शुरु गरि सकेको छ ।
मुलुककै ध्यान केन्द्रित गर्ने क्षेत्रमा रहेको धनुषा निर्वाचन क्षेत्र नं. ३ पनि सोही संसयको भूमरीमा परेका छन ।
सत्तारुढ गठबन्धनले आसन्न निर्वाचन सम्म गठबन्धन कायमै रहने निर्णय गरि सकेको छ भने प्रतिपक्षी नेकपा एमाले र लोसपा बीच समेत गठबन्धनको तैयारी भइ रहेको छ ।
गत निर्वाचनमा तत्कालिन राजपाले जितेको उक्त निर्वाचन क्षेत्रका लागि सत्तारुढ गठबन्धनबाट काँग्रेसका निधी र जसपाका यादव प्रतिस्पर्धि देखिएका छन भने प्रतिपक्षी गठबन्धनबाट वर्तमान सांसद महतो र एमालेकी जुली प्रतिस्पर्धा मा छन । सत्तारुढ गठबन्धनबाट काँग्रेस र जसपा दुबैले आ–आफनो दावी गरि रहेका छन । भेट्रान नेता निधिको क्षेत्र भएकोले काँग्रेसले सो सिट पाउने दावी गरि रहेका छन भने मधेशको राजधानी, विगतमा समेत मधेश केन्द्रित दल नै जितेकाले सो सिट आफुहरुले पाउने विश्वास जसपाका नेताहरुले गरि रहेका छन ।
जसपाका एक जना नेताले भने, धनुषा क्षेत्र नं. ३ जसपाले पाउने विश्वास व्यक्त गरे । उनले भने,‘ निधि ठुला नेता हुन, कुनै दुई मत छैन , तर अहिले उहाँको सम्बन्ध संस्थापन पक्ष संग बिग्रेको छ । स्थानीय तह निर्वाचनमा जनकपुरधाम उपमहानगरमा गठबन्धन हुुँदा समेत पार्टीको निर्णय विपरित गठबन्धनको उम्मेदवारलाई हराएका कारण संस्थापन पक्ष निधि संग चिढिएको छ । काँग्रेसको तर्फ बाट जसपाले पाएको धोकाको क्षतिपूर्ति गर्न समेत सो सिट जसपाले नै पाउने छ ।’
जसपा नेताको भनाई लाई थप पुष्टि गर्दै काँग्रेस संस्थापन पक्षका एक जना नेता भन्छन ,‘ पार्टीको निर्णयलाई जसरी निधि ज्यूले लत्याउनु भयो । त्यसको परिणाम आउदो प्रतिनिधिसभा निर्वाचनमा देखिनेछ । उक्त सिट जसपाको कोटामा जाने सम्भावना प्रवल छ ।’
तर निधि पक्षका नेताहरु भने धनुषा निर्वाचन क्षेत्र नं. ३ गठबन्धन भए पनि नभएपनि निधि नै उम्मेदवार रहेको दावी गर्छन । उनी भन्छन , ‘स्थानीय तहको निर्वाचनमा देखाई सकेका छौ , पार्टी गलत निर्णय गरे हामी स्वतन्त्रलाई जिताउन सक्छौ । गठबन्धनको नाउँमा धनुषा क्षेत्र नं. ३ जसपालाई दिइए हामीलाई मान्य हुने छैन । परिणाम फेरी जनकपुर उपमहानगर कै जस्तै हुन सक्छ ।’

सम्बन्धित खवर

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल
प्रदेश विशेष

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

ताजा समाचार

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech