जनकपुरधाम, साउन १६ गते। सिरहाको लहान, धनुषाको जनकपुरधाम र पर्साको वीरगञ्ज गरी ३ वटा पर्यटन विकास कार्यालय स्थापना गर्ने मधेश सरकारले निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्बाट उक्त निर्णय भएको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिए । उनका अनुसार बीरगञ्जमा उद्योग विभाग पनि स्थापना गर्ने निर्णय भएको छ ।
यस्तै हाल धनुषाको जनकपुरधाममा संचालनमा रहेको उद्योग, बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय खारेज गर्ने निर्णय पनि मधेस सरकारले गरेको छ ।
























