काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । स्रोतका अनुसार सांसद दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङलाई मन्त्री बनाएका हुन् ।
स्वतन्त्र सांसद मनाङ्गेलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको स्रोतले बतायो । मनाङ्गे मन्त्री बनेपछि समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुप नारायण श्रेष्ठले कडा व्यंग्य गरेका छन्।
श्रेष्ठले मनाङ्गे मन्त्री भएलगत्तै फेसबुकमा स्टाटस लेखेका छन् “स्कुलेजीवनदेखि शुर्य चिन्हको झण्डा बोकेर जनताको बहुदलीय जनवाद- जिन्दावाद! भन्दै राजनीतिमा आफ्नो करियर खोज्दै ४० बर्षदेखि मन्त्री बन्न प्रतीक्षरत कयौं कार्यकर्तालाई उछिनेर मन्त्री बन्न सफल दिपक मनाङ्गेलाई बधाई”।
कुख्यात गुण्डा नामले परिचित राजिव गुरुङ उर्फ दिपक मनाङ्गेले आज मन्त्रीको सपथ लिएसंगै चौतर्फी चर्चा भैरहेको छ।













