काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरूलाई आह्वान गर्नुभएको छ ।
संसदमा सोमबार (आज) प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएपछि राष्ट्रपति भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरूलाई आह्वान गर्नुभएको हो ।संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने संसद सदस्यलाई तीन दिनभित्र दाबी पेश गर्न राष्ट्रपति भण्डारीले आह्वान गर्नुभएको हो ।
त्यसोत, तीन दलले सोमबार नै राष्ट्रपति भण्डारीसमक्ष बहुमत सरकार गठनका लागि संविधानको सोही धारा अनुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन आग्रह गरेको थियो ।











