काठमाडौं। कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक गरेको मन्त्रीपरिषद् पुर्नगठनप्रति नयाँ पार्टी ,नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
असंवैधानिक रुपमा संसद विघटन गरि निर्वाचन समेत घोषणा गरिसकेको अवस्थामा मन्त्रीपरिषद् विस्तार गरेको भन्दै ध्यानाकर्षण जनाएको हो।
सम्मानित सर्वोच्च अदालतमा समेत वर्तमान सरकारको वैधानिकता सम्बन्धमा मुद्धा परिसकेको अवस्थामा यसरी सरकार विस्तार गर्नु संविधानको मर्म र भावना विपरित कदम भएको नयाँ पार्टी ,नेपालको ठहर छ।
महतोलाई २४ घण्टाभित्र उप–प्रधान एवम् सहरी विकास मन्त्रीबाट निलम्बन गरि निजको नागरिकताको सम्बन्धमा परेको उजुरी उपर छानविन गरी आवश्यक कारबाही गरि देशद्रोही अभिव्यक्ति दिएकोमा राज्यद्रोह मुद्धा लगाई देश निकाला गर्न समेत समेत पार्टीले सरकारका ध्यानकर्षण गराएको छ।
साथै वर्तमान सरकारका उप-प्रधान एवम् सहरी विकास मन्त्री राजेन्द्र महतोले पदभार ग्रहण गर्ने क्रममा नेपालमा बहुराष्ट्रिय राज्य प्राप्तिको लागि मुक्ति आन्दोलन गर्नु पर्ने भन्ने भनाई प्रति सो पार्टीले आपत्ति प्रकट गरेको छ।
अन्यथा जनताले जनताको तर्फवाट आवश्यक कारबाही गर्ने र त्यसको जिम्मा सम्बन्धित पक्षले नै लिने पर्ने पार्टीका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता युवराज सफल हस्ताक्षरित विज्ञप्तिमा जनाएको छ।












