• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

राजेन्द्र महतोको नागरिकता छानविन गर्न अख्तियारमा उजुरी

२०७८ असार ९, बुधबार १९:४७

काठमाडौं । सर्वोच्च अदालतको आदेशबमोजि मंगलबारदेखि पदमुक्त भएका उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री राजेन्द्र महतोको नागरिकता छानबिन गर्न भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

मंगलबार अधिवक्ताहरु वीरभद्र जोशी, तुलसीराम पराजुली र अनिता बजगाईंले नागरिकता छानबिन गर्न माग गर्दै अख्तियारमा उजुर हालेका हुन् ।उपप्रधानमन्त्री भएलगत्तै ‘बहुल राष्ट्र’ को नारा अर्जाप्दै आएका महतोको उक्त अभिव्यक्तिविरुद्ध चौतर्फी विरोध पनि भए । अहिले पनि भइरहेको छ ।त्यसो त सोमबार महतोलाई सिंहदरबार प्रवेशमा निषेध गर्नुपर्ने माग गर्दै नयाँ पार्टीले सिंहदरबारको दक्षिण गेटमा पर्चा नै टाँसेको थियो ।त्यसको भोलिपल्ट मंगलबार दिउँसो सर्वोच्च अदालतले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा सहभागी भएका २० जना मन्त्रीलाई पदमुक्त गरेको छ । जसमा उनी पनि परेका छन् ।संविधानतः कामचलाउ सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीले मन्त्रीमण्डल पटक पटक पुनर्गठन गर्न मिल्दैन तर, प्रधानमन्त्रीले संविधानविपरीत कदम चालेछि त्यसविरुद्ध अदालतमा रिट परेको थियो ।अदालतमा परेको रिटबमोजिम २० जना मन्त्रीहरु मंगलबार पदमुक्त भएका छन् ।

यसरी अदालतको आदेशबमोजिम पदमुक्त भएलगत्तै महतोमाथि नागरिकता छानविन गर्न अख्तियार उजुरी परेको छ ।
यस अघि ३०७२ साल पुषमा हालमा प्रधानमन्त्री केपी शर्मा अाेली अध्यक्ष रहेको नेकपा एमालेकाे भातृ संस्था युवा संघले महत्ताेकाे नागरिकता नक्कली रहेको भन्दै तत्कालीन गृहमन्त्री शक्ति बस्नेतलाई ज्ञापनपत्र बुझाई छानबिन गर्न माग समेत गरेको थियो । यसका अलावा महत्ताेकाे नागरिकताकाे बिषयमा अख्तियारले समेत छानबिन शुरू गरि २०६८ सालमा गृह मन्त्रालयलाई पत्राचार समेत गरेको थियो । एमालेको भातृ संगठन युवा संघ नेपालले गृहमन्त्री शक्ति बस्नेतलाई शनिबार ज्ञापनपत्र नै बुझाएर महतोको नेपाली नागरिकता नक्कली रहेको दावीका साथ छानविन माग गरेको थियो ।नेपालमा करिब-करिब २५ वर्षदेखि राजनीति गरिरहेका र पटक-पटक मन्त्रीसमेत भएका महतोको नागरिकता विवादमा तानिएको यो पहिलोपटक भने होइन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत हात हालेर छोडेको विषय हो यो । ०६८ सालमा अख्तियारले गृह मन्त्रालयलाई महतोको नागरिकता सम्वन्धमा पत्राचार गरेको थियो ।
अख्तियारको पत्र आएपछि गृहमन्त्रालयले सर्लाही जिल्ला प्रशासन कार्यालयसित राजेन्द्र महतोको नागरिकता सम्बन्धी विवरण माग्दै पत्रसमेत लेखेको थियो, जतिबेला महतो बहालवाला मन्त्री थिए ।जिल्ला प्रशासन कार्यालय सर्लाहीका तत्कालीन प्रमुख जिल्ला अधिकारीले ०६९, जेठ २९ मा गृह मन्त्रालय, नागरिकता तथा हातहतियार शाखा, सिंहदरवारलाई पत्रको जवाफ पठाए । प्रजिअले महतोको नागरिकतासम्वन्धी छानविन गर्नका लागि हाल कुनै अभिलेख फेला नपरेको र मन्त्रिपरिषदको सदस्यलाई सिडिओ कार्यालयमा बोलाई छानविन गर्न बाधा परेको जवाफ दिएका थिए । गृहमन्त्री शक्ति बस्नेतलाई ज्ञापनपत्र बुझाएको युवा संघले ०६८ सालमा पनि महतोको नागरिकताका विषयमा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । सोही साल महतोको नागरिकताबारे अख्तियारमा समेत उजुरी परेको थियो । तत्कालीन युवा संघका अध्यक्ष राजीव पहारीले महतोको नागरिकता नक्कली भएको ठोकुवा गर्दै यसलाई रद्द गरेर कानूनबमोजिम कारवाही गनुपर्ने बताए । ‘नेपालको सामाजिक सदभाव बिथोल्न र आन्दोलन भड्काउन उद्यत भएका महतो नेपाली नागरिक नै होइनन्,’ पहारीले अनलाइनखबरसित भने, ‘झूटो विवरणका आधारमा नेपाली नागरिकता हत्याएका व्यक्तिले मधेस आन्दोलनको नेतृत्व गर्नु हास्यास्पद छ ।’सन् २०१० देखि १३ सम्म लाखौंको संख्यामा भारतीयहरुलाई नागरिकता बाँडिएको भन्दै पहारीले त्यसको पनि छानविन हुनुपर्ने बताएका थिए ।
जानकारहरुका अनुसार राजेन्द्र महतोका बुबा खोभारी सुडी भारतीय नागरिक थिए (सुँडीहरुले आजकाल महतो वा साह लेख्ने गरेका छन्, यो जातिको बसोबास नेपालमा समेत छ ) ।सर्लाहीको सदरमुकाम मलंगवासित सीमा जोडिएको भारतीय जिल्ला सीतामढीको कोहवरवा गाउँमा महतोको घर अहिले पनि छ । यो गाउँ नेपाल-भारत सीमाबाट १५ किलोमिटर दुरीमा पर्छ । सो घरमा अहिले महतोका काकापट्टीका सन्तानहरु बस्छन् । उनका तीन दाजुभाइ भने अहिले नेपालमै छन् ।महतोका पिता खोभारी व्यापार गर्न ०२० सालतिर नेपाल आएका हुन् । सर्लाहीको बयलवासमा उनी धान-चामलको व्यापार गर्थे । भारतमा छँदा गतिलो बन्दोबस्त नभएका खोभारी नेपालमा व्यापार गरेर आर्थिक अवस्था उकास्न सफल भए ।

त्यसपछि सर्लाहीको ब्रम्हपुरी गाविसमा घर बनाएर यतै बस्न थाले ।महतोको ससुराली पनि भारतमै हो । कोहबरवासँगै जोडिएको मरिया भन्ने गाउँमा बस्ने नागेश्वर महता र दौलतियादेवी महतोकी छोरी शैलकुमारी देवीलाई राजेन्द्रले बिहे गरेका हुन् । शैलकुमारी समानुपातिकबाट संविधानसभा सदस्य थिइन ।महतोसित विवाह गरेपछि शैलकुमारीले वैवाहिक अंगीकृत नागरिकता लिएकी थिइन् । शैलकुमारी ०४७ सालबाट राजनीतिमा लागेको र एसएसलसीसम्म अध्ययन गरेको संविधानसभा सदस्यको परिचयात्मक किताबमा लेखिएको छ । उनी मधेसी महिला समाज र सुडी समाजकी केन्द्रीय सदस्यसमेत थिइन् । राजेन्द्र महतोले ०२७/०२८ को बीचमा नेपाली नागरिकता लिएका हुन् । महतोका पिता नेपाल आएको केही वर्षमै बाबुछोराले नागरिकता लिएको देखिन्छ । उनलाई नागरिकता दिलाउन सर्लाहीका तत्कालीन जिल्ला विकास समितिका सभापति अमरबहादुर थापाको भूमिका थियो ।छोराले पहिले र बुबाले पछि नागरिकता लिएको दाबी गर्नेहरु पनि छन् । तर, यसको कुनै प्रमाण छैन । सर्लाही जिल्ला सदरमुकाममा माओवादीले हमला गरेपछि महतो परिवारकोजस्तै धेरैको नागरिकताको प्रमाण नष्ट भइसकेको छ ।महतो स्वयम् भने आफूसित जन्मसिद्ध नागरिकता रहेको दाबी गर्छन् । जब कि उनले नागरिकता लिएको समयमा जन्मसिद्द नागरिकता दिने व्यवस्था नै खारेज गरिएको थियो । २०१९ सालअघि नेपालमा आएर लामो समय बसोबास गरेका आधारमा जन्मसिद्ध नागरिकता दिने व्यवस्था भए पनि २०१९ सालपछि बंशजको नागरिकता मात्रै कायम गरियो ।
राजेन्द्र महतो ०२१ सालतिर पढ्ने सिलसिलामा काठमाडौं आए । ताहचल क्याम्पसमा बसेर पढ्दा उनको आर्थिक स्थिति सामान्य थियो । उनी पढाइसँगै सानातिना व्यापारहरु पनि गर्थे । केही समय गार्मेन्ट व्यवसायमा हात हालेका उनले बिस्तारै ठेकेदारीको काम सुरु गरे । घरमा रंग लगाउनेदेखि विभिन्न कार्यालयहरुमा स्टेशनरी सामानहरु सप्लाई गर्नेसम्मका काम उनले गरे । त्रिभुवन विमानस्थलको फोहोर उठाउने ठेक्का हात पारेपछि महतोले राम्रै पैसा कमाए । महतो राजनीतिमा लागेको ०४६ सालपछि हो ।

सम्बन्धित खवर

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल
प्रदेश विशेष

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

ताजा समाचार

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech