जनकपुरधाम । प्रतिनिधि सभा विघटन विरूद्ध धनुषाको ढल्केवरमा मशाल जुलुस प्रदर्शन गरिएको छ ।
संयुक्त विद्यार्थी संगठन धनुषाले पूर्व निर्धारित कार्यक्रम अनुसार ढल्केवरमा मशाल जुलुस प्रदर्शन गरेको हो । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी ) का केन्द्रिय सदस्य तथा धनुषा जिल्ला इन्चार्ज सन्जय कुमार महतोको नेतृत्वमा ढल्केवर पूर्वचोकस्थित पानीटंकी अगाडीबाट निकालेको मशाल जुलुश ढल्केवर सहिद स्मार्क पार्कसम्म पुगेका थिए ।
प्रदर्शनमा सहभागीहरूले सरकारविरूद्ध चर्को नाराबाजी गरेका थिए । प्रदर्शनका क्रममा उनीहरूले प्रधानमन्त्रीको पुत्ला दहन समेत गरेका छन् ।
प्रदर्शनपश्चात कोणसभामा विद्यार्थी नेता रकिप्रसाद साह , जसपा विद्यार्थी धनुषा जिल्ला सचीव बलिराम कापरी, अखिल क्रान्तिकारी मनोज कुशवाहा, सम्बोधन गर्दै उनीहरूले संसद पुनर्स्थापनाको माग गरे । नैतिकताको आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएर बालकोटको बाटो लाग्न उनीहरूको टिप्पणी थियो ।
























