जनकपुरधाम : प्रदेश न.२ का भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रि शैलेन्द्र प्रसाद साह द्बारा धनुषामा ५० थान च्याप कटर कृषकहरुलाई हस्तान्तरण गर्नु भएका छन।
एक कार्यक्रम बिच मन्त्री साह द्वारा शहिद नगरपालिका, गोठकोयलपुर धनुषामा भैंसी व्यबसाय प्रबर्धन कार्यक्रममा ५० जना किसानलाई मोटर सहितको च्यापकटर मेसिन बितरण गरेका छ्न।
भैंसी ब्लक कार्यक्रम संचालन अन्तर्गत भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाद्वारा भैंसि ब्लक संचालन समिति शाहिदनगर नगरपालिका र भेटेनरी अस्पताल धनुषा बीच २०७७/०१/२२ गते समझौतामा हस्ताक्षर भएको थियो ।
आर्थिक वर्ष २०७८/७९ को बजेटमा कृषि तथा पशुपन्छी तर्फ भेटनेरी अस्पताल तथा पशु सेवा बिग्य केन्द्र धनुषाको मातहतमा रहेको भैसी ब्लक कार्यक्रम शहिदनगर नगरपालिका को लागि छनोट भए पनि सो कार्यक्रम आज सफल भयो।













