• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

समाजवाद नआएसम्म विद्रोह जारी रहने: विप्लव

२०७८ श्रावण ७, बिहीबार १०:३५


काठमाडौं । नेकपा महासचिव नेत्र बिक्रम चन्द (विप्लव) ले आफूहरुलाई सकियो भन्नेहरुलाई चुनौती दिएका छन् । बुधबार पूरानोबानेश्वरस्थित ग्लोबल कलेजमा उनी आफैँले लेखेको ‘रेड फ्रन्ट’ पत्रिका विमोचन कार्यक्रममा बोल्दै आफूहरुलाई सकियो भन्नेहरुलाई चुनौती दिँदै समाजवादको कल्पना पूरा नभएसम्म आफूहरु विद्रोहमै रहने उनले बताए ।

उनले भने, ‘हामी वैज्ञानिक समाजवाद चाहन्छौँ । हामीलाई सिद्धिन्छौँ भन्थे आज यो स्थितिमा छौँ । पुँजीवादले मानव जातीलाई राम्रो कुरा दिन सकेन । पुजीवादले काम चल्दैन । मानवजातीको हितमा हामीले काम गर्नुपर्छ । ज्ञान एकलौटी हुन्न सबैबाट लिनु पर्छ । पुँजीवादले नपुगेपछि वैज्ञानिक समाजवाद अगाडि ल्याइएको हो । राजनीतिमा दलालीकरण भएको छ ।’ समाजवादकै विचार पुर्याउनका निम्ति यस्ता किताबहरुको प्रकाशन गरिएको पनि उनले बताएका छन् । उनले जसरी हुन्छ दालल पुँजीवादलाई परास्त नगरी समाजवादमा पुग्न नसकिने पनि बताए ।‘समयमा फूलहरुलाई जोगाएन भने फूल झर्छ । त्यसैले यस्ता कार्यक्रमको आयोजना गरिएको हो । गलत कुरामा हामीले विद्रोह गरेका हौँ । राजनीतिमा हामीले जे बुझेको छौँ त्यसलाई अगाडि लिएर जानुपर्छ । कुर्सीको लागि देशलाई डुबाउने जस्ता काम भएका छन् । दलाल पुँजीवादलाई परास्त गर्नु पर्छ । झुपडीमा बसेर किसानसँग समाजवाद पढिँदै छ । आकासमा नाचेर समाजवाद आउँदैन । जमिनमा दुख गर्नु पर्छ ।’ त्यसैले विप्लवका अनुसार अब हुने भनेको एकीकृत जनक्रान्ति हो । उनले भने, ‘समाजवाद व्यवस्थाको विकल्प छैन । जनताले खान पाउनु पर्छ । पढ्न पाउनु पर्छ । यस्को सबै जिम्मा राज्यले लिनुपर्छ । मिडिया दलालीकरणबाट बच्नु पर्छ ।’साथै, समाजवाद नआएसम्म आफूहरुको विद्रोह जारी रहने विप्लवको अडान छ ।

प्रधानमन्त्री शेरबहादुर देउर्वा र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न विप्लवको साथमा नेताहरू खड्गबहादुर विश्वकर्मा र धर्मेन्द बास्तोला पनि बालुवाटार पुगेका छन् ।भेटमा अघिल्लो सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा प्रधानमन्त्रीसँग छलफल भइरहेको बताइएको छ ।ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमतिपछि विप्लव नेतृत्वको नेकपा शान्तिप्रक्रियामा आएको थियो ।छलफलमा गृहमन्त्री बालकृष्ण खाँण उपस्थित छन् ।
यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।शान्तिपूर्ण राजनीतिमा आएपछि विप्लवले पहिलो पटक प्रचण्डलाई भेटेका हुन् । उनी पार्टीका नेता धर्मेन्द्र बास्तोलालाई लिएर प्रचण्ड निवास खुमलटारमा पुगेका थिए ।
त्यसैगरी एमालेका अध्यक्ष केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । विप्लवसहित खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र धमेन्द्र बस्तोला धेटवार्ताका लागि ओली निवास बालकोटमा पुगेका थिए ।उक्त भेटमा गत फागुन १ मा ओली सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनमा भइरहेको ढिलाई बारे छलफल भएको जनाइएको छ । भेटमा विप्लव समूहले उक्त सहमति चाडै कार्यान्वयनमा ल्याउन माग गरेका छन् ।
यसैगरी नेपाल कम्युनिष्टका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईसँग भेटवार्ता गरेका थिए ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधव नेपालसँग भेटवार्ता गरेका उनले आज जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग भेट गरेका हुन ।पार्टीका नेता धर्मेन्द्र बाँस्तोलासहित विप्लव भट्टराईको निवास टोखामा शुक्रबार बिहान पुगेका थिए । नेताहरुबीच समसामयिक राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले बताए ।
त्यसैगरी नेकपा विप्लव समूहका नेता नेत्रविक्रम चन्द विप्लवले हालै नेकपा एमालेमा प्रवेश गरेका पूर्व नेकपा माओवादी केन्द्रका नेताहरुसँग भेट गरेका थिए । विप्लवले टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा र प्रभु साहसँग भेट गरेका हुन् ।उनीहरुबीच ललितपुरको धापाखेलस्थित लेखराज भट्टको निवासमा करिब ३ घण्टा छलफल भएको थियो । भेटमा कम्युनिस्ट आन्दोलन र मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको एक नेताले जानकारी दिए ।पछिल्लो केही दिनयता विप्लवले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणसँग भेट गरेका थिए ।

सम्बन्धित खवर

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल
प्रदेश विशेष

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

ताजा समाचार

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech