जसपा नेपालका धनुषा जिल्ला ईन्चार्ज, प्रदेश सांसद राम अशिष यादवले जसपा वैकल्पिक शक्तिको रुपमा स्थापित गर्न का लागि संगठन संरक्षण, सुदृढिकरण र संगठन विस्तार मा जोड दिनुपर्ने कुरा बताउनुभएको छ।
जसपा नगर कमिटी शहिदनगर यदुकुहाले आयोजन गरेको विस्तारित बैठक लाई सम्बोधन गर्न क्रममा प्रदेश सांसद यादवले पार्टी प्रवेश र सदस्यता अभियानलाई निरन्तरता दिदै संगठन विस्तार महापर्वलाई सफल पार्न जिल्ला, नगर र वार्ड स्तरका नेता र कार्यकर्ताहरु ले गभ्भिरता लाग्नु पर्ने आवश्यकता रहेको बताउनुभयो।
जसपा नगर अध्यक्ष दिनेश प्रसाद यादव को अध्यक्षतामा सम्पन्न विस्तारित बैठकमा जिल्ला अध्यक्ष पशुपति यादव, किसान नेता फुलगेन यादव, समाजवादी युवा संघ का प्रदेश उपाध्यक्ष उमेश निराला, युवा नेता उपेन्द्र ठाकुर, महिला नेतृ सिता मंडल, वार्ड सदस्य सुशील साह,राम विलास पासवान र राम मुखिया सहितका स्थानीय नेता र कार्यकर्ताहरु ले विचार व्यक्त गरेका थिए।
जसपा जिल्ला समन्वय समिति को निणर्य अनुसार जिल्ला को १८ वटै पालिका हरुमा संगठन विस्तार का लागि दलको विस्तारित बैठक भैरहेको कुरा जिल्ला अध्यक्ष पशुपति यादव ले जानकारी दिनुभयो।











