जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)ले धनुषामा एक पालिका जितेको छ । जिल्लाका अन्य पालिकाहरुको मतगणना भइरहेको वेला जसपाले जनकनन्दनी गाउँपलिकाको अध्यक्ष पद जितेर खाता खोल्न सफल भएको हो ।
जसपाबाट जनकनन्दनी गाउँपलिकाको अध्यक्ष पदका उम्मेदवार दिपेन यादव विजयी भएका हुन । यादव तीन हजार एक सय ५७ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार सुदेश कुमार चौधरीले दुई हजार ७ सय ७८ मत ल्याएको निर्वाचन अधिकृत ठुलबाबु दाहालले जानकारी दिए ।
























