जनकपुरधाम, जेष्ठ २१ गते । सहिदनगर नगरपालिका मेयर दिनेश प्रसाद यादवले २४ औं घन्टा सेवक बनेर जनताको बिचमा रहने प्रतिबद्धता जनाउनु भएको छ।
सहिदनगर नगरपालिका वडा नं. ७ को नेमुवाटोल स्थित आयुर्वेद नागरिक आयोग्य क्लिनिकमा जेष्ठ नागरिकको लागि आयोजित औषधि बितरण कार्यक्रमको प्रमुख अतिथी समेत रहेका मेयर यादवले सो प्रतिबद्धता जनाउनु भएको हो ।
आयुर्वेद औषधालय यदुकोहाको संयोजनमा भएको उक्त कार्यक्रममा सहिद नगरपालिकाको उपप्रमुख सुनिता देवि सिंह, वडा अध्यक्ष महेश्वर मण्डल, मनोज दास, मोहन, मनोज साह सहित स्थानीय वासिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
























