लेखक: पंकज ठाकुर
द प्रदेश टाइम्स / जनकपुरधाम
वि.सं. २०६१ साल माघ १९ गते तत्कालिन राजा ज्ञानेन्द्र शाहले तत्कालिन सांसद र मन्त्रिमण्डल खारेज गरी सत्ता आफ्नो हातमा लिएपछि सुरु भएको विरोधले ससस्त्र विरोधमा रहेका माओवादी पार्टिसँग तत्कालिन पार्टिहरुले २०६२ मंसिर ७ गते १२ वुदेँ वृहद शान्ति सम्झौता गरी चैत्र २४ गते संयुक्त जनआन्दोलनको सुरुवात भयो । १९ दिनको लामो सडक संघर्ष र विद्रोह वीच विभिन्न समस्या ,यातना र दमन सहदै वि.स.२०६३ साल वैषाख ११ गते २४० वर्षे लामो राजकिय शासन अन्त्य गर्दै लोकतन्त्रको पुनःस्थापना गर्न सफल भयो ।
०६२÷ ०६३को राजकिय सत्ताको विरोधका साथै संघियता र गणतन्त्रको पक्षमा पनि उठेको जन अनवाजको कदर गर्दै अन्तरिम संविधान २०६३ द्वारा संघियताको अङ्गिकार र २०६५ जेष्ठ १५ गते नेपाललाई गणतान्त्रिक राज्य घोषण गरियो । वि.सं २०७२ साल असोज ३ गते जारी भएको नेपालको प्रथम लोकतान्त्रिक संविधानले नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रुपमा परिभाषित पनि गरिसकेको छ ।
संघियता भनेको एउटा यस्तो व्यवस्था हो जहाँ एक संघिय÷ केन्द्रिय सरकारसहित प्रत्येक राज्य वा प्रदेशको आफ्नै सरकार र संघिय कानूनसँग नबाझिनेगरि आफ्नै कानून पनि हुन सक्छ । द्रुत गतिका साथै दिगो विकास र विकासमा स्थानिय बाहुल्यता र सहभागिताका साथै शक्ति विकेन्द्रिकरण नै संघियताको मूल उद्देश्य हो ।
प्रजातन्त्रकै सुदृढ र विकसित नाम मानिने लोकतन्त्र एउटा यस्तो शासन विधि हो जहाँ जनप्रतिनिधि द्वारा जनताले जनताकोलागि जनभावना अनुरुप शासन गर्दछ भने गणतन्त्रको विभिन्न ठाउँमा आफ्नै किसिमको अर्थ र व्याख्या भएता पनि नेपालको सम्बन्धमा यसको अर्थ लोकतन्त्रको पर्यायवाचि शब्दको रुपमा लिएको छ । लोकतान्त्रिक पद्धतिमा जनता नै सर्वपरि हुने र तिनमै सार्वभौमिकता निहित रहेको हुन्छ । यस्तो विधि द्वारा स्थापित सरकार जहिले पनि आफ्नो जनताप्रति उत्तरदायी र समर्पित हुनु पर्दछ । जन भावनाको कदर, निष्पक्षता , सन्तुलन, विकासोन्मुख, उत्तरदायी, सक्षम, ईमान्दार र कर्मठ सरकार नै एक असल लोकतान्त्रिक सरकार हो ।
वर्तमान वा भूतका घटनाहरुको तथ्य र प्रामाणका आधारमा रिपोर्ट तयार गरी रेडियो, टेलिभिजन, पत्रपत्रिका वा ईन्टरनेटको माध्यमले जनमानसमा प्रस्तुत गर्ने कला वा पेशालाई नै पत्रकारिता भनिन्छ । हिन्दु धर्म शास्त्रका अनुसार ऋषि नारद एक पत्रकार थिए किनकि उनि देविदेवताहरुले भन्ने गरेका कुरालाई अर्का देवि देवताकहाँ समाचारको रुपमा वाचन गर्दथे । त्यस्तै हनुमान रामको तर्फबाट उनको समाचार सीतालाई र सीताको समाचार रामलाई पुर्याउने गर्दथे ।
विश्वको पहिलो पत्रिकाको रुपमा जर्मनीमा प्रकाशित ”रिलेशन“ पहिलो पत्रिका हो जुन सन् १६०५ मा प्रथम पटक प्रकाशित भएको थियो । त्यसैगरि सन् १७३१ मा लण्डनमा ”एडवार्ड केभ “ द्वारा ”द जेन्टल म्यान्स म्यागाजिन “ प्रकाशित गरिएको थियो । २० औं शताब्दीमा रेडियो र टेलिभिजन पत्रकारिताको विकास भयो भने ईन्टरनेट पत्रकारिताको विकास २१ औं शताब्दीमा भयो । शुरुवाती क्षण अर्थात १९ औं शताब्दीसम्मको पत्रकारिताहरु पुर्ण रुपले शासक वर्ग र धनि वर्गहरुबाट प्रभावित र संचालित हुने गर्दथे ।प्रथम र द्वितिय विश्व युद्ध हुनुमा पत्रकारिताको ठूलो हात थियो । उक्त समयमा राष्ट्रहरुले पत्रपत्रिकामा आफ्नो जनतालाई अरु राष्ट्र विरुद्ध भड्काउन र युद्धको लागि तयार हुन उत्प्रेरित हुने किसिमका भ्रामक समाचारहरु छाप्न लगाउँथे जुन गलत । राष्ट्रवाद हो र यसले असल पत्रकारिताको गुण समेट्दैन ।
नेपालमा पत्रकारिताको इतिहास धेरै पुरानो नभए पनि १९ औं शताब्दिमै यसको शुरुवात भएको देखिन्छ । वि.सं १९५५मा नेपालबाटै प्रकाशित सुधा सागरलाई नेपालको पहिलो पत्रिकाको रुपमा मानिन्छ तर पनि युवा कवि मोतीराम भट्टको सक्रियतामा वि.सं.१९४८ मा भारतको वनारसबाट प्रकाशित गोरखा भारत जीवन पहिलो नेपाली भाषाको पत्रिकाको रुपमा लिने गरेको छ । त्यसैले मोतीराम भट्टलाई नेपालको पहिलो पत्रकारको रुपमा मानिन्छ ।तत्कालिन राणा प्रधानमन्त्री पद्मशम्शेरको पालामा वि.सं. १९५८ सालमा गोरखापत्रको प्रकाशन भएपछि नेपालमा पत्रकारिताको आधिकारीक शुरुवात भएको मानिन्छ । शुरुमा साप्ताहिक रुपमा प्रकाशित हुने गोरखापत्र अहिले दैनिक रुपमा प्रकाशित हुने नेपाल सरकारको आधिकारीक पत्रिका पनि हो । रेडियो पत्रकारिताको रुपमा वि.सं. २००७ सालमा रेडियो नेपालको स्थापना भयो भने वि.सं. २०४० सालमा स्थापना र वि.सं. २०४२ सालमा ब्रोडकास्ट शुरु
भएपछि टेलिभिजनको शुरुवात भयो । सगरमाथा टेलिभिजन दक्षिण एसियाकै पहिलो निजि लगानी संचालित टेलिभिजन हो । त्यस्तै इन्टरनेट पत्रकारिता सन् १९९८ मा नेपाल न्यूज डटकम को शुरुवात भएको हो । त्यसैगरी कान्तिपु्र पब्लिकेशनको डोमेन ई कान्तिपुर डटकम पहिलो निजी ई – पत्रकारिता हो ।
नेपालमा हाल हजारौँको संख्यामा पत्रिका प्रकाशन केन्द्रहरु छन् । जसमा दैनिक, साप्ताहिक, अर्ध बार्षिक र बार्षिक पत्रिकाहरु सामेल छन् । त्यस्तै स्थानिय तह देखि राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका बहुभाषिक पत्रिकाहरु प्रकाशित हुने गर्दछन् । त्यस्तै उल्लेखनिय रुपमा रेडियो , एफ.एम. टेलिभिजन र अनलाइन पत्रकारिता पनि विकास भएका छन् । यी सबै खाले पत्रकारीताको द्रुत गतिको व्यवसायिक विकास भने वि.सं. २०४६ सालको जनआन्दोलन पछि मात्र भएको देखिन्छ ।
लोकतन्त्रमा पत्रकारिताको धेरै ठूलो आवश्यकता र महत्त्व रहेको हुन्छ । नेपाल जस्तो विकासोन्मुख राष्ट्रमा जनचेतना फैलाउने काम देखि लिएर राज्यले गर्ने सम्पूर्ण कार्यहरुको सुचना प्रवाह , दैनिक रुपले हुने घटना ,दुर्घटना आविस्कार, रामा्र नरामा्र कामको विश्लेषण, व्यवसायिक प्रतिष्ठानहरुको व्यवसाय प्रवद्र्धन, खोजमूलक कार्यजस्ता सुचना जनतामा आदान प्रदान गरी राज्य लाई जनता सामु पुर्याउनुपर्ने सुचना समेत पुर्याएर जनताको मौलिक हकमध्ये एक महत्त्वपुर्ण सुचनाकोहक समेत सुरक्षित गर्दछ ।
नेपालमा पत्रकारिताको विकास भए सँगै यसले लोकतन्त्र स्थापनाको पक्षमा सुचना प्रवाह गर्दै आएको छ ।
वि.सं. २०६२÷२०६३को जनआन्दोलनमा राजा र राजकिय शासन विरुद्ध ओर्लिएका राजनितिक दल तथा जन सागरको भावना अनुरुप राज्यको दवाब पश्चातपनि कार्य गरि जनता र राजनितिक दललाई आन्दोलनमा उर्जा थप्ने कार्य समेत पत्रकारिता क्षेत्रले गरेको छ । मधेश आन्दोलनमा राज्यले आन्दोलनकारी माथि गरेको दमनको स्पष्ट यथार्थ चित्रण गरी आन्दोलनकारीको भावना समेत पत्रकारिता मार्फत आम जनमानसमा पुर्याई मधेश आन्दोलनलाई उर्जा प्रदान गरेको थियो । यसरी हेर्दा नेपालमा लोकतन्त्र स्थापनामा पत्रकार र पत्रकारीताको भुमिका अविश्मरणिय रहेको स्पष्ट हुन्छ ।
अरु लोकतान्त्रिक राष्ट्रहरुझैं नेपालमा पनि पत्रकारीतालाई राष्ट्रको चौंथो महत्त्वपुर्ण अङ्गको रुपमा अङ्गिकार गरेको पाइन्छ । पत्रकारिता विना राष्ट्र अधुरो हुने गर्दछ । राजनैतिक दल, व्यवसाय, संघ संस्था, व्यक्ति वा समुदायले आफ्नो भावना जनमानसमा पु¥याउने सबैभन्दा सरल र उत्तम माध्यम नै पत्रकारीता हो । पत्रकारीताले समय , स्थान ,व्यवस्था, मौसम, आन्दोलन, झडप निषेधाज्ञा वा अन्य अत्यन्त महत्त्वपूर्ण घटना वा समाचार जनतामा यथाशिघ्र र एकैपटक देश विदेशमा पु¥याई जनतालाई आफ्नो दैनिकी समय र अवस्था अनुकुल कार्य गर्न समेत मद्दत गर्दछ ।
घरैबसी सात समुन्द्रपार रहेको स्थानको ताजा समाचार वा आफ्नो ठाउँको समाचार उता पु¥याउने काम चुस्त , दुरुस्त र द्रुत गतीमा गरी विश्व वन्धुत्त्व स्थापना गर्ने कार्य समेत पत्रकारीताले गर्दछ ।लोकतन्त्रमा राज्यले गरेका सम्पुर्ण राम्रा ,नरामा्र काम वा महत्त्वपुर्ण निर्णयहरुको तु्रुन्त जनता सामु पु¥याउनु लोकतन्त्रिय व्यवस्थाको साथै जनताको मौलिक हक पनि हो । त्यस्तै जनताको आवाज र मांग पनि सबै तहका सरकार सामु पु¥याउनु पनि अत्यन्त जरुरी हुन्छ । र यी सबै काम पत्रकारीताले गर्दछ। पत्रकारिता भनेको जनता र सरकारको बीच सुचना आदान प्रदानको माध्यम पनि हो । त्यसैले पत्रकारीता विना लोकतन्त्रको परिकल्पना समेत गर्न सकिँदैन । सरकारका महत्वपूर्ण तीन अंग व्यवस्थापिका ,। कार्यपालिका र न्याय पालिका घोषित अंग हुन भने पत्रकारिता अघोषित अंग भएपनि महत्व उत्तिकै बोकेको हुन्छ ।
पञ्चायती व्यवस्था र राजाको प्रत्यक्ष शासनकालमा पत्रकार र पत्रकारिता माथीको अंकुश, बन्देज , धाक,धम्की थुनछेक र अन्य मानसिक र भौतिक यातना बाट पिडित पत्रकारिता क्षेत्रले लोकतन्त्र स्थापना पछि स्वतन्त्र र भय त्रास मुक्त पत्रकारिताको अपेक्षा राखी जसरी लोकतन्त्र स्थापनामा राजनैतिक दल र आन्दोलनकारीको सहयात्री बनी लोकतन्त्र स्थापनामा महत्वपूर्ण योगदान ग¥यो त्यस अनुरुप पत्रकारीताको विकास भने हुन सकेको छैन् ।
लोकतन्त्रको स्थापना सँगै पत्रकारीतालाई स्वतन्त्र र निष्पक्ष गर्ने प्रतिबद्धता र कानुनी व्यवस्था भएपनि राज्य पक्ष , राजनैतिक दल, आम नागरिक, विभिन्न ससस्त्र समुह र अन्य ठाउँबाट पत्रकार र पत्रकारिता क्षेत्रले धम्कि , थुनछेक, अपहरण, हत्या वा अन्य हिंसा जस्ता यातनाहरु पटक पटक भोग्नु परिरहेको छ ।लोकतन्त्रको स्थापना पछि ससस्त्र समुहहरुमा कमी आएपछि पत्रकार हत्यामा कमी आएपनि विभिन्न बहानामा पटक पटक पत्रकार अपमानित हुनु परेको छ ।हुनत नेपालमा पत्रकार र पत्रकारिता क्षेत्रमा पनि आफ्नै किसिमका कमी कमजोरी रहेता पनि विभिन्न समयमा घटना परिघटनाहरुको अवस्थामा राज्यले सुरक्षाको प्रत्याभूत गराउन नसक्नाले कारण नेपालको पत्रकारीता सेल्फ –सेन्सरसिपको अवस्थामा पुगेको छ । पत्रकारको मूल कार्य नै घटना समाचारहरुको सम्प्रेशन र विश्लेशन गर्नु हो । तर समाचार सम्प्रेशन गर्दा यसले असर पार्ने क्षेत्र, वर्ग, समुदाय वा व्यक्ति माथि पनि गंभिर चिन्तन गर्नुपर्दछ । कहिल्यै पनि सरकार वा सरकारमा आसिन व्यक्तिको बारेमा समाचार सम्प्रेशन गर्दा सरकारले गरेको राम्रो कामको खुलेर प्रशंसा गर्नुपर्दछ भने त्यसका कमि कमजोरीको सापेक्षित आलोचना र समालोचना गर्नुपर्दछ । समाचार जहिले पनि सत्य , निष्पक्ष वस्तुपरक र संतुलित हुनुपर्दछ ।
देशमा अमुल्य परिवर्तन ल्याउन पत्रकारीताले महत्वपूर्ण योगदान दिने गर्दछ जस्तै अमेरिकामा गोरा र कालाको विच विभेद अन्त्यका लागि भएको आन्दोलनमा सुरुमा पत्रकारहरु गोरा समुदायबाटै भएका कारण गोरालाई मद्दत गरे तर पछि सत्यको पछि वकालत गर्न सुरु गरेर मात्रै आन्दोलन चरम सीमामा पुगी कालाले अधिकार प्राप्त गर्न सफल भएका थिए । नेपालका राष्ट्रिय स्तरका मिडिया हाउसहरु राजनैतिक दल र नेताद्वारा बढि प्रभावित हुने गरेका छन्, मिडियाहरु प्रायजसो राजनैतिक दल र नेताको प्रवत्ता हुने गरेका छन् । यसरी गरीने पत्रकारिताले कहिले पनि लोकतन्त्रलाई संस्थागत गर्न सक्दैन ।
सूचना, शिक्षा , मनोरञ्जन लोकतन्त्रको रक्षा, जनमत र एजेण्डा निर्धारण जस्ता महत्वपूर्ण कार्यहरु पत्रकारीताको माध्यमले गरिनुपर्दछ । पत्रकार जहिले पनि बाच डग ूध्बतअज म्यनू बन्नुपर्दछ। भने पीत पत्रकारीता कहिल्यै पनि गरिनु हुँदैन । पत्रकारिता चुस्त र दुरुस्त हुनुपर्दछ भने समाचार सम्प्रेशन जहिले पनि सभ्य र सन्तुलित भाषा वा शैलीमा हुनुपर्दछ । कसैको बारेमा पुर्वागा्रहि हुनु हुँदैन भने सत्यको पक्षमा अडिग र अटल हुनुपर्दछ। समाचार संकलन र सम्प्रेशन पत्रकारको पेशा मात्र नभएर एउटा सामाजिक कार्य पनि भएकोले यो कार्य गर्दा यसले जनमानसमा तत्कालिन वा दिर्घकालिन रुपले पार्ने असरको समेत उत्तिकै ध्यान दिइनु पर्दछ । पत्रकारीता कहिल्यै पनि भड्किलो , आक्रोसित तवरले वा गलत राष्ट्रवाद हुनुहँदैन । कसैको दवावमा वा प्रलोभनमा परि पत्रकारिता गरिनु हँदैन भने गलतको विरोध गर्नु पछाडी हट्नु पनि हुँदैन । पत्रकार र पत्रकारिता जहिले पनि निःस्वार्थ र यथार्थ हुनुपर्दछ ।
पत्रकारको जीउ धनको सुरक्षा , पत्रकारीताको हक , अधिकारको सुरक्षा र पत्रकारको वैयक्तिक विकासमा राज्यले विशेष ध्यान पु¥याउन सके मात्र पत्रकारीता निष्पक्ष; वस्तुपरक र असल हुन सक्छ । राष्ट्रको संचार निती र स्रोत बाँडफाँड योजनाको उचित सम्यन्त्रको अभावमा पत्रकारिता शिक्षा हाँसिल गरेको जनशक्तिलाई प्रयोग गर्न सकिएको छैन । सरकारले मन्त्रालयहरु ,विभाग एवम् अन्य कार्यालयमा प्रवक्ता र सुचना अधिकारी राख्ने परिपाटि शुरु गर्दा पत्रकारितामा उच्च शिक्षा हाँसिल गरेको धेरैले रोजगारी पाउन सक्छन् । पत्रकारिता क्षेत्रमा प्रवेश गर्नकालागी न्यूनतम योग्यता निर्धारण गरी प्रवेश परिक्षामा उत्तिर्ण हुनेलाई मात्र यस क्षेत्रमा काम गर्न दिनु पर्दछ । नेपालमा पत्रकारिता तथा आम संचार विषयको पाठ्यक्रम सैद्धान्तिक भएकोमा यसलाई सैद्धान्तिक ,व्यवहारीक र प्रयोगात्मक बनाउन सके त्यस बाट तयार हुने जनशक्ति नै कुशल पत्रकार बन्न सक्छ।
प्रतिक्रिया दिनुहोस्