जनकपुरधाम, असोज २ गते।
दैनिक उत्सव क्षण: वृक्षारोपन अभियान
वातावरण मैत्री विद्यालय अभियानलाई निरन्तरता दिदैं नेपाल कै ऐतिहासिक श्री रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुरधाममा वृक्षारोपन गरिएको छ।
वृक्ष मानव सुरेश शर्मा को कुशल व्यवस्थापन, वातावरण मैत्री विद्यालय अभियानका संयोजक रामकुमार साहको संयोजन र स्वच्छता अभियन्ता प्रणेता प्रदेश सांसद रामअशिष यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख प्रदीप साह, वरिष्ठ पत्रकार,बुध्दिजीवी श्याम सुन्दर शशि, जनकपुरधाम उधोग वाणिज्य संघ का उपाध्यक्ष अम्भु प्रसाद साह,२५ वार्ड सफाई अभियान का संयोजक अभियन्ता बजरंग यादव, स्वच्छता अभियन्ता व्यवसायी राजकुमार साह, शिक्षक संजय यादव, उमेश साह,हरिऔम गुप्ता सहित क्याम्पस के शिक्षकहरुको सहभागिता रहेको थियो।
२०१४ सालमा स्थापित नेपाल के ऐतिहासिक शिक्षालय रा रा ब क्याम्पस राज्यको विभेदपूर्ण नीति र अधिकांश जन निर्वाचित जनप्रतिनिधिहरुको उदासिनताका कारण भौतिक संरचना ध्वस्त भएको जानकारहरु बताउँछन्।
प्रतिक्रिया दिनुहोस्