जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नं २कमला नगरपालिकाको वडा नं ७मा विभिन्न पार्टी परित्याग गरी दर्जनौं को संख्यामा जसपा नेपाल पार्टीमा प्रवेश गरेका छन्।
कमला न. पा जागिर टोल) मा अायोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस, एमाले पार्टी परित्याग गरी २२ जना जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन्।
नवप्रवेशीहरुलाई जनता समाजवादी पार्टी नेपालका का केन्द्रिय सदस्य अरुण सिंह मण्डल, प्रदेश सदस्य खडानन्द यादव, नगर युवा सचीव उमेश बिराजी, वार्ड युवा अध्यक्ष अभ्रेन मण्डल, रामबृक्ष महतोले अबिर गमछा ले स्वागत गरेका छन्।
सो अवसरमा बोल्दै प्रमुख अतिथि जसपाका केन्द्रिय सदस्य अरुण सिंह मण्डलले मधेशी, दलित, पिछडावर्ग र आदिवासी जनजातिको हकअधिकारका लागि संघर्ष गर्ने पार्टी जसपा रहेको कुरा बताउनुभएको छ।
जसपाका भात्री संघसंगठनका कमलानगरपालिका युवा अध्यक्ष वार्ड नं ७ का रामकुमार साहको अध्यक्षता सम्पन्न पार्टी प्रवेश कार्यक्रम मा प्रदेश सदस्य खडानन्द यादव, उमेश बिराजी, अभ्रेन मण्डले ,र नगर युवा अध्यक्ष रामकुमार साह, रामबृक्ष महतो , नव प्रवेशी किसुन सदा, प्रमोद, मलिक, वक्ताहरुले पार्टी का नीति सिद्धान्त र विचारधाराको बारेमा नवप्रवेशीहरुलाई जानकारी गराएका छन। नवप्रबेशी बौकु सदा, रौदी सदा, राम असोक साह, जहुरी साह,चौठीचन साह, रामपृत साह,लक्षमी दाश, कारी सदा,पुरन साह, रामबिलाश सदा, सुर्जी देबी ठाकुर, रामसोभित सदा, सुकदेब महतो , रामरेश साह, कामेस्वर मलिक, भुनेस्वर साह,राम करन साह, महिला सहित पार्टी प्रवेश गरेका छन। वक्ताहरुले पार्टी का नीति सिद्धान्त र विचारधाराको बारेमा नवप्रवेशीहरुलाई जानकारी गराएका छन्।
























