प्रदेस २ को भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलद्वारा धनुषाको हंसपुरमा सिँचाई आयोजना शिलान्यास गरिएको छ । हंसपुरको ४ सय हेक्डर जग्गा सिंचाई हुने छ ।
प्रदेस सरकार भौतिक पुर्वधार बिकास मन्त्रालय प्रदेस न. २ जलश्रोत तथा सिचाई बिकास डिभिजन कार्यालय जनकपुरद्वारा हंसपुरको अरही नदी सिचाई योजना निर्माण सुरु गरिएको हो । हसपुर नगरपालिका वार्ड न.३ कठपुल्लामा प्रमुख अतिथि भौतिक पुर्वधार बिकास मन्त्री सोनलले एक कार्यक्रम बिच शिलान्यास गरेको हो ।
कार्यक्रममा प्रदेस सांसद रामचन्द्र मण्डल ,हसपुर नगरपालिका मेयर राम ज्ञान मण्डल, भौतिक मन्त्रालयका सचिव रामा आधार साह, सिडीई अजय कर्ण, सिचाई डिभिजन कार्यालयका प्रमुख भगवान झा लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।अरही सिचाई योजनाको कुल लागत रु.१५ करोड ४५ लाख रहेको मन्त्री सोनलले जानकारी गराए ।
सिचाई योजनाबाट कृषकहरुको ४ सय हेक्डर जग्गालाई वर्ष भरी सिचाईको लागि पानी उपलब्ध हुने मन्त्री सोनलले बताए । ६ सय घरदुरी का ३ हजार २ सय ५० जनसङ्ख्यालाई धान, गहुं, तेलहन बाली लगाई प्रति हेकटर उत्पादन बढाउनु सहयोग गर्ने छ ।योजना आ. ब २०७९/२०८० भित्रमा सम्पन हुने लक्ष्य लिईएको छ ।
प्रतिक्रिया दिनुहोस्