प्रदेस २ को भौतिक पुर्वाधार बिकास मन्त्री माननीय जितेन्द्र सोनल र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहाले संयुक्त रुपमा महोत्तरी को मनरा सिसवा नपा ७ को झिंगा स्थानमा रहेको जंगहा नदीमा फाटक निर्माण तथा झिंगे स्थान पुर्बी टोल र पश्चिम् टोल को बिचमा रहेको जंगहा नदी मा दुबै टोल जोडन को लागि पुल निर्माण को लागि स्थलगत निरिक्षण गर्नु भएको छ ।

मझौला सिचाई परियोजना अन्तरगत झिंगा स्थान सिचाई परियोजनाको काम अगाडि बढेको छ। र, झिंगाको पूर्वी र पश्चिमी टोल जोड्न पुल निर्माणको काम हुने भएको छ।

खेत मा हरियाली , किसान को अनुहारमा खुसियाली
आज महोत्तरीको मनरा सिसवा नपा ७ को झिंगा स्थान को जंगहा नदी मा सिंचाइ को लागि फाटक निर्माण गर्न को लागि निरिक्षण गर्ने बेला जनता लाई सम्बोधन गर्ने बेला मा किसान को खेत मा जब हरियाली हुन्छ तब किसान को अनुहारमा खुशियाली हुन्छ माननीय मन्त्री जितेन्द्र सोनलले भन्नू भएको छ ।

नदीमा फाटक निर्माण नहुँदा स्थानीय किसानहरु समस्यामा परेका थिए। निरिक्षणका क्रममा स्थानीयवासीहरुले प्रदेश सरकारद्वारा निर्माण हुन लागेको फाटक र पुलका लागि मन्त्री सोनलसहित प्रदेश सरकारलाई धन्यवाद दिएका छन्।
प्रतिक्रिया दिनुहोस्