जनकपुरधाम भदौ ३० गते / धनुषा निर्वाचन क्षेत्र नं २ को औरही गाउँ पालिकामा जसपा नेपाल को संगठन सुदृढीकरण र जनजागरण सुज अभियान जारी रहेको छ।
संगठन विस्तार अभियान अन्तर्गत औरही गाउँ पालिकाको पौडेश्वर गाउँ मा विस्तारित बैठक सम्पन्न भएको छ।
पार्टी का वार्ड समिति अध्यक्ष रामजीवन यादव को अध्यक्षतामा सम्पन्न बैठकमा सहभागी स्थानीय नेताहरुले संगठन विस्तार अभियानलाई निरन्तरता दिई अघि बढनु पर्ने कुरा मा जोड दिएका छन्।
देशको रुढीवादी पार्टी र प्रतिगामी पार्टीहरू ले लोकतन्त्र र संघीयतालाई धरापमा पार्न पटक पटक षड्यन्त्र गर्दै आएको कारण लोकतन्त्र, संघीयता र समावेशिता को रक्षण का लागि वैकल्पिक शक्तिको रूपमा जसपा नेपाल पार्टी को उदय भएको छ।
समुन्नत समाजवाद, संघीयता, सुशासन र समृद्धि मुख्य विचारधारा का उदय भएको जसपा नेपाल पार्टी वैकल्पिक शक्तिको रूपमा निकट भविष्यमा स्थापित हुने निश्चित रहेको छ।
























