जनकपुरधाम, असोज ३ गते।
अधुरो संविधान संशोधनको आवश्यकता रहेको कुरा अन्तक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले बताएका छन्।

जनता समाजवादी पार्टी नेपाल धनुषा को अायोजनमा जनकपुरधाममा सम्पन्न संविधानको संशोधन बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अधिकांश वक्ताहरुले नेपाल संविधान २०७२ लाई संशोधन गर्न जनसंघर्ष गर्नुपर्ने अावश्यकता माथि जोड दिएका छन्।

जिल्ला अध्यक्ष पशुपति यादबको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी का केन्द्रिय सदस्यहरु, प्रदेश सदस्यहरु र जसपाक भातृ संगठनका अध्यक्ष र पधाधिकारी हरुले सम्बोधन गरेका छन्।
























