जनकपुरधाम, असोज ६ गते। धनुषा निर्वाचन क्षेत्र नम्बर २ को कमला नगरपालिकामा जसपा नेपाल को संगठन सुदृढीकरण- जनजागरण अभियान ‘ सुज अभियान”जारी रहेको छ।
कमला नगरपालिकाको वडा नं २ मा संगठन विस्तार को क्रममा नेपाली कांग्रेस र ऐमाले पार्टी परित्याग गरी सयौं को संख्यामा जसपा नेपाल पार्टी मा प्रवेश गरेका छन्।
सो अवसरमा बोल्दै उपनेता प्रदेश सांसद रामअशिष यादवले ७५ वर्ष पुरानो पार्टी नेपाली कांग्रेस र ७२ वर्ष पुरानो पार्टी ऐमाले नेपाली जनताको भावना संग खेलवाड गरिरहेको विकल्पमा जसपा नेपाल पार्टी को स्थापना भएको कुरा बताउनुभएको छ।
उहाँले मधेसी, दलित ,आदिवासी जनजाति, पिछडावर्ग को हितमा इमान्दारीता पुर्वक काम गर्ने एक मात्र पार्टी जसपा रहेको कुरा मा जोड दिनुभयो।
नवप्रवेशीहरुलाई पार्टी का केन्द्रिय सदस्य अरुण सिंह मंडल, जसपा संसदीय दलका उपनेता रामअशिष यादव, प्रमुख सचेतक शैलेन्द्र कुमार यादब, जिल्ला अध्यक्ष पशुपति यादव र युवा नेता षडानन्द यादव ले अबिर र गमछा लगाई स्वागत गरेका छन्।

रामदयाल मण्डल को अध्यक्षता मा सम्पन्न कार्यक्रममा, वार्ड अध्यक्ष धनेश्वर यादव, त्रिलोक महतो सहित का वक्ता हरुले जसपा नेपाल पार्टी प्रवेश लहर चलेको बताए।
प्रतिक्रिया दिनुहोस्