चौतारा । नेपाल विद्यार्थी संघ (नेविसंघ)का ‘टीके’ महामन्त्री वलदेव तिमिल्सिना नेपाली कांग्रेसको वडा अधिवेशनमा नराम्रोसँग पराजित भएका छन् ।
कांग्रेस नेता कृष्णप्रसाद सिटौला समूहबाट नेविसंघको महामन्त्रीमा मनोनीत भएका तिमिल्सिनालाई सिन्धुपाल्चोक जिल्लाको त्रिपुरा सुन्दरी नगरपालिकामा मंगलबार सम्पन्न वडा अधिवेशनमा पराजित भएका हुन् ।
तिमिल्सिना कांग्रेसको १३औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि थिए । तिमिल्सिनाले आफ्नो वडामा एक जना पनि क्षेत्रीय प्रतिनिधि ल्याउन सकेका छैनन् ।
सिन्धुपाल्चोक जिल्लामा नेविसंघका महामन्त्री जस्तो नेता पराजित भएपछि वडामै जमानत जफ्त भएको भनेर हाँसोमजाक र चर्चा भएको छ ।
प्रतिक्रिया दिनुहोस्