जनकपुरधाम । प्रदेश सांसद तथा मुख्य सचेतक माननिय शैलेन्द्र कुमार यादवले शुक्रबार विद्यालय भवन तथा बुढा बाबा मन्दिर सौन्दर्यीकरणको शिलार्यास गरेका छन् l
जनकनन्दनी गाउँपालिका वाडा नं. ६ कट्ठाल स्थित राष्ट्रिय नि. मा. वि. कट्ठाल को चार कोठे भवन निर्माणका लागि मधेश प्रदेश सरकारका समाजिक विकास मंत्रालय द्वारा ४० लाख रकम विनियोजन गरिएको जसपाका नगर अध्यक्ष राधेश्याम यादवले जानकारी दिएका छन ।
त्यस्तै कट्ठाल स्थित बुढा बाबा मन्दिर सौन्दर्यीकरणका लागि मुख्यमन्त्री कार्यालय द्वारा ५० लाख रकम विनियोजन गरिएको मुख्य सचेतक यादवले जानकारी दिनु भयो।
शिलान्यास पछि बोल्दै मुख्य सचेतक यादवले हामी सबैको चाहना नै विकास भएको भन्दै सबै निकायका निर्वाचित जनप्रतिनिधिले कुनै किसिमको काँखा-पाँखा नगरि आ- आफ्नो ठाँउवाट विकासोन्मुख हुनु पर्ने वताउनु भयो ।
शिलान्यास कार्यक्रममा सहभागीहरुले यी दुइटै योजना ल्याउनका लागि माननिय शैलेन्द्र कुमार यादवले अथक प्रयास गरेको भन्दै मुरि-मुरि प्रशंसा गरेका छन्।
गाउँलेहरुको व्यापक सहभागितामा सम्पन्न भएको शिलान्यास कार्यक्रममा जसपाका संघीय परिषद सदस्य अब्दुल्ला शेष, निर्वाचित वाडा अध्यक्ष सुर्यदेव यादव, वाडा सदस्य महेन्द्र सहनी, ने का नेता विनोद रान, प्र. अ. रामबहादुर ठाकुर, नगर अध्यक्ष राधेश्याम यादव, हंसपुर नगर अध्यक्ष रामनारायण कापडि, जसपाका नेता राजदेव महरान, युवा नेता शम्भु यादव, नगर सहसचिव विजय कुमार यादव लगायत गाउँलेहरुको व्यापक उपस्थिति रहेका थिए।
























