जनकपुरधाम,कार्तिक १५ गते । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद सदस्य प्रेम चन्द्र झा माथी नगराईन न पा वडा नं ७ को देवडिहाको छठ घाटमा रातिको ९.३० बजे ८/९ जनाको समुहले सांघातिक आक्रमण गरेको छ । घटनामा झाको टाउकोमा प्रहार गर्न खोजिएको भाटालाई दाहिने हातले रोक्न खोज्दा हातको दुई ठाउमा भाटाले प्रहार गरिएको छ ।
उक्त घटनामा गम्भीर घाइते झा को उपचार मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान,जनकपुरधाममा हाल भैरहेको छ।आक्रमणकारि मध्येको वडा नं ७ कै बिर्ता टोलका एकजना सोनु मंडल नामको २० बर्षिय युवकलाई झा का गाउलेहरुले छोपेर स्थानिय बहुवर्वा चौकिको जिम्मा लगाइएका छन । हमलावरहरु ३ वटा मोटरसाइकलमा आएको स्थानियवासिको भनाइ छ ,जसमध्ये प्रदेश २-०२-००२प-५६९२ नंबरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ। स्थानिय प्रहरी चौकिमा बुझाइएको मो सा अझै पनि प्रहरी चौकी बहुवर्वा मै राखिए पनि अपराधिका नाइके सोनुलाई प्रहरीले वडा अध्यक्ष को जिम्मामा छोडेको चौकिका अ स ई तिवारिले बताएका छन । प्रशासनको रबैया अपराधी संरक्षण गर्ने खाले हुनु दुर्भाग्यपूर्ण रहेको देवडिहावासीको गुनासो छ ।
बिगत केही समय देखि आफुलाई केही राजनितिक ब्यक्तिहरुको धम्की आईरहेको घाइते झाले बताएका छन। यो घटना राजनितिक प्रतिसोधको कारण हुनसक्ने झाको ठम्याई छ। यस्तो अपराधिक राजनितिक घटनाको निशपक्ष छनबिन हुनु जरुरी छ।
























