शहिदनगर,फाल्गुन १७ गते । मधेश प्रदेश नीति आयोगका पुर्व उपाध्यक्ष प्रा डा भोगेन्द्र झाले शहिदनगर नगरपालिकाको श्री जनता ऐकाई उच्च माध्यमिक विद्यालयलाई ५० थान अर्थ शास्त्र विषयसंग आबद्ध महत्त्वपूर्ण किताबहरु हस्तान्तरण गरेका छन।
शिक्षा क्षेत्रका धरोहर प्रा डा झाले कक्षा ११ र १२ का बाणिज्य संकाय ,म्यानेजमेन्ट तर्फ अध्ययनरत विद्यार्थीहरुको पठनपाठनमा सुबिधाका लागि आफुले लामो समय देखि प्रयोग गर्दै आएका जीवन उपयोगी बहुमुल्य किताबहरु विद्यालयका प्राधानाध्यापक प्रदिप साहलाई विद्यालयमा हस्तान्तरण गरेका छन।
श्री जनता ऐकाई उच्च माध्यमिक विद्यालय शहिदनगर यदुकूहा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिक्षा प्रेमि नागेन्द्र मंडलको अध्यक्ष्ातामा सम्पन्न अन्तक्रिर्या कार्यक्रममा शिक्षा प्रेमि प्रदेश सांसद रामअशिष यादव,हेल्दी स्कुल अभियानका संयोजक समाजसेवी डा निरन्जन कुमार गोइत,शिक्षक गजेन्द्र यादव सहितको उपस्थित रहेका छन।
प्रतिक्रिया दिनुहोस्