सर्लाही । सर्लाहीमा सुरुङ खनेर एकैरात पाँचवटा घरमा चोरी भएको छ ।शुक्रबार राति जिल्लाको कौडेना गाउँपालिका–६, सक्रौलमा चोरको समूहले श्रीभुपनारायण राय, राजदेव राय, तेजा सहनी, गगनदेव साह र सुकदेव रायको घरमा चोरी गरेको हो ।
पाँचवटा घरमा घरभित्र रहेका गरगहना, नगदलगायतका सरसामग्री चोरी भएको पीडितले बताएका छन् । कतिपय स्थानीयले अज्ञात व्यक्ति आएर आँखामा नसालु पदार्थ छर्किएर लुटपाट गरेर फरार भएको बताएका छन् ।चोरको समूहले स्थानीयको घरभित्र रहेका बाकस, कपडालगायत सरसामग्री खेतमा लगेर फालेको पाइएको छ ।
जिल्लामा श्रृङ्खलावद्धरुपमा चोरीका घटना बढ्न थालेका छन् ।जिल्ला प्रहरी कार्यालय सर्लाहीले सक्रौल गाउँमा एकैरात पाँच घरमा चोरी भएको घटनाका सम्बन्धमा स्थानीय प्रहरी चौकीबाट प्रहरी परिचालन गरी घटनाको मुचुल्का उठाएर थप अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्