यदुकाहा, जेष्ठ १९ गते। शहिदनगर नगरपालिका वडा नं. १ स्थित बेरियाटोलको मुशहरी बजारमा सार्वजनिक मञ्च निर्माणको बिधिवत् शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।
नगर प्रमुख दिनेश प्रसाद यादवको प्रमुख अतिथिमा मुसहरी बजारमा सार्वजनिक मञ्च शिलान्यास कार्यक्रम सम्पन्न भएका छ्न।
नगर प्रमुख यादवले उक्त सार्वजनिक मञ्च निर्माण कार्यका लागि १० लाख रुपैयाँ विनियोजन गर्दै, यस कार्यले स्थानीय जनताका लागि सांस्कृतिक, सामाजिक तथा जनसम्पर्कका अवसरहरु प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ।
सार्वजनिक मञ्चले सामुदायिक कार्यक्रमहरु संचालन गर्न सहजता प्रदान गर्ने साथै नगरको विकासमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
स्थानीय बासिन्दाहरुले पनि यस पहललाई स्वागत गर्दै नगर प्रमुख यादवज्युलाई धन्यवाद व्यक्त गरेका छन्।
























