जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव शनिबार जनकपुर आउने भएको छ ।
आफ्ना पार्टीका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारमा चारजनालाई शुक्रबार मन्त्री बनाएर जसपा अध्यक्ष यादव जनकपुर आउन लागेका छन् ।
एकसाता अघि जनकपुरमा बसेको प्रदेश २ मधेश समितिको बैठकमा गरेको निर्णय कार्यान्वयन गर्न अध्यक्ष यादव जनकपुर आउन लागेको जनाइएको हो।
जनकपुर आए लगतै जसपाका अध्यक्ष यादवले पार्टी तथा कमिटी समायोजन घोषणा गर्ने कार्यक्रम रहेको छ ।
अध्यक्ष यादव शनिबार ४ : २० जनकपुर आउन लागेको प्रदेश सरकारका प्रवक्ता एवंम् प्रदेश २ सरकारका अर्थमन्त्रो शैलेन्द्रप्रसाद साहले बताए ।मन्त्री साहका अनुसार आइतबार अध्यक्ष यादवले समायोजनको घोषणा गर्ने छन् ।
प्रतिक्रिया दिनुहोस्