जनकपुरधाम । धनुषा जिल्ला क्षेत्र नं. ३ मा नेपाली काँग्रेसका केन्द्रिय उपसभापति बिमलेन्द्र निधिको प्र्रमुख आतिथ्यमा कार्यकर्ता भेला तथा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ ।
नगराईन नगरपालिकास्थित राजेश्वर निधि उच्च माविमा आइतबार विजया दशमी, दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान सहित कार्यकर्ता भेला कार्यक्रम गरिइको हो ।
उक्त कार्यक्रममा विशिष्ट अतिथिका रुपमा पुर्व मन्त्री राम कृष्ण यादवज्यु, माननीय प्रतिनिधि सभा सांंसद स्मृति नारायण चौधरी, प्रदेश नं.२ का माननीय भौतिक पुर्वधार विकास मन्त्री रामसरोज यादव, धनुषा ३ का क्षेत्रीय सभापति कन्हैया कर्णु, क्षेत्र नम्बर ३ ‘क’ का सभापति दिनेश लाल कर्ण (दिपक), तरुण दलका अध्यक्ष संजय लाभ कर्ण लगायत सयौंको संख्यमा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्