काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी मंसिर १३ गतेसम्म पार्टीले निर्वाचन गरेर नयाँ पदाधिकारी चुन्न नसके कारवाहीमा पर्ने बताएका छन् ।
शनिबार कैलालीमा आयोजित कार्यक्रममा मन्तव्य राख्ने क्रममा उक्त समयसीमाभित्र पार्टीको निर्वाचन हुन नसके अवैध पार्टी ठहरिएर निर्वाचन आयोगको कारवाहीमा परिने उनले बताए ।
उनका अनुसार निर्वाचन आयोगका आयुक्तसँग कुराकानी गर्दा आगामी मंसिरको ९ देखि १३ सम्म निर्वाचन गरेर नयाँ नेतृत्व चयन नगरे कारबाही पर्न सकिन्छ ।
नेता पौडेलले पार्टीलाई अवैध अवस्थामा राखेर टिकट बाँड्ने खेल गरेको भन्दै पार्टी अध्यक्ष शेरबहादुर देउवाप्रति रोस प्रकट गरेका छन् ।उनले सभापति देउवाका कारण पार्टीमा अहिले कलह निम्तिएको पनि आरोप लगाए ।
आगामी मंसिर १३ गतेभित्र निर्वाचन सम्पन्न नगरे पार्टी अवैध हुने भन्दै त्यसपछि पार्टी सानो ठूलो केही भन्न नसकिने बताए । उनले भने, ‘मंसिरमा निर्वाचन प्रक्रिया अगाडि बढाउनुभएको छ, त्यो मितिसम्म प्रतीक्षा गर्छौं । त्यसपछि हामी ठूलो पार्टी सानो पार्टी भन्ने वाला छैनौं, कुनै छुट हुने छैन भन्नुभएको (निर्वाचन आयुक्त) छ ।’
प्रतिक्रिया दिनुहोस्