काठमाडौं । बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिँदै हुनुहुन्छ । बाग्मती प्रदेशसभाको बुधबार बस्ने बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन लाग्नु भएको हो ।
उता विश्वासको मत लिनका लागि सबै तयारी भइसकेको पनि बाग्मती प्रदेश सचिवालयले जनाएको छ । गएको भदौ २ गते नेकपा एमालेको तर्फबाट मुख्यमन्त्रीमा नियुक्त हुनुभएकी शाक्यले आज विश्वासको मत प्राप्त गर्न नसेको अवस्थामा पदबाट हट्नु पर्नेहुन्छ र नयाँ मुख्यमन्त्रीको बाटो खुल्नेछ । उता सत्तासाझेदार गठबन्धनका दलहरुले भने नयाँ सरकार गठनको लागि यसअघि नै तयरी गरिरहेका छन् ।
बाग्मतीमा १०९ सांसद रहेका छन् । मुख्यमन्त्रीमा कायमै रहन शाक्यलाई ५५ सांसदको आवश्यकता रहेको छ । तर अहिले नेकपा एमालेसँग ४३ सांसद रहेका छन् । यदी अन्य दलबाट शाक्यलाई साथ नरहे मुख्यमन्त्रीमा रहीरहन मुस्कील पर्नेछ ।असोज २४ गतेको बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव टेबुल गरेकी थिइन्। सरकारको नेतृत्वमा रहेको पार्टी विभाजित भएको खण्डमा मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्