• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

कानुन कार्यान्वयनमा कुनै सम्झौता नगरी काम गर्नुपर्छ : प्रहरी महानिरीक्षक थापा

२०७८ कार्तिक २४, बुधबार १९:१४
कानुन कार्यान्वयनमा कुनै सम्झौता नगरी काम गर्नुपर्छ : प्रहरी महानिरीक्षक थापा

चितवन । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी कर्मचारीहरूले आफ्नो आचरण व्यवहारमा नम्रता देखाउनुपर्ने तर कानुन कार्यान्वयनमा कुनै सम्झौता नगरी नागरिकमैत्री व्यवहार प्रदर्शन गरी काम गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल प्रहरी शिक्षालय भरतपुरमा सञ्चालित विभिन्न उन्नत तथा आधारभूत तालिममा तालिमरत प्रशिक्षार्थी, प्रशिक्षक वर्ग साथै चितवन जिल्लास्थित विभिन्न प्रहरी इकाईका प्रमुखहरूलाई सोही शिक्षालयमा मङ्गलवार निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताउनु भएको हो ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले शिक्षालयमा सञ्चालित विभिन्न तालिममा सहभागी प्रहरी कर्मचारीहरूलाई नेपाल प्रहरी जस्तो गर्व गर्न लायक सेवामूलक पेसा छनौट गरेकोमा बधाई तथा धन्यवाद दिँदै नेपाल प्रहरी सेवाको निष्ठा र मर्यादालाई मनन गरी बद्लिँदो परिवेश तथा चुनौतीलाई सामना गर्न आफ्ना जिम्मेवारी र उत्तरदायित्वप्रति कटिबद्ध भई निष्पक्षरुपमा नागरिक सेवामा कटिबद्ध हुन निर्देशन दिनुभयो । प्रशिक्षण प्रदायक संस्थाहरूमा कार्यरत प्रशिक्षक वर्गले नव आगन्तुक प्रशिक्षार्थी प्रहरी कर्मचारीहरूमा निहित व्यक्तिगत सृजनशीलतालाई यावत रहन दिनुपर्ने तथा असल प्रशिक्षकले मात्र असल जनशक्ति उत्पादन गर्न सक्ने हुँदा प्रत्येक प्रशिक्षक आफैमा आदर्श हुनुपर्ने उहाँले बताउनुभयो ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कर्तव्यपालनको सिलसिलामा आउन सक्ने विभिन्न आरोह अवरोहहरूलाई पेसागत निष्ठा र धर्म अनुसार सामना गर्दै व्यक्तिगत आचरण र व्यवहारमा समय सापेक्ष सुधार गरी आफ्नो तह अनुसारको जीवन जिउने शैली अनुशरण गरेमा मात्र प्रहरी पेशालाई गौरवशाली बनाउन सकिने बताउनुभयो । प्रत्येक प्रहरी कर्मचारीहरूले पारिवारिक जीवन र पेसागत जीवनमा सामञ्जस्यता मिलाई प्रभावकारी र नतिजामूलक कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रहरी व्यवहार निष्पक्ष र यथोचित हुनुपर्नेमा जोड दिँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भन्नुभयो, “प्रहरी पोशाक र पेशाप्रति स्वाभिमानी हुन सिक्नुस् ।” हरेक काम कारबाहीमा पारदर्शी भई शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्ने उल्लेख गर्दै प्रहरी सङ्गठनको नीति विपरीत काम गर्ने जो कोही कारबाहीको भागिदार हुने उहाँले बताउनुभयो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नेपाल प्रहरी शिक्षालय भरतपुर परिसर, कार्यालय तथा आवस गृहको निरीक्षण समेत गर्नुभएको थियो ।

उक्त अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाशजंग कार्की, उक्त शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक विष्णु कुमार केसी लगायत अन्य प्रहरी अधिकृतहरू समेतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech