जनकपुरधाम, मंसिर ६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश न २ का ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान प्रभावकारी रहेका कार्यक्रमलाई देशभर लैजानुपर्ने बताउनुभएको छ ।
आज महोत्तरीको मटिहानी नगरपालिकामा रंगशालाको उद्घाटन गर्नुहुदैँ राष्ट्रपति भण्डारीले प्रदेश २ को ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान देशभर लैजानुपर्ने बताउनुभएको हो ।
जनकपुरधाम, मटिहानीलगायत क्षेत्र धार्मिक महत्वका रहेका र यस क्षेत्रमै महिला हिंसा हुनु दुःखद् रहेको बताइन् । प्रदेश २ को नदी कटान र डुबान नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो ।
सोही कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई अधिकार दिने कानुन निर्माणमा संघीय सरकारले उदासिनता देखाएको भन्दै राष्ट्रपतिको ध्यानाकर्षण गराउनुभयो ।
विशेषगरी उहाँले प्रदेश प्रहरी ऐनलाई अझै पूर्णता नदिएको गुनासो गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्