सन्तोष कुमार यादव
जनकपुर :- नेपाली काँग्रेस प्रदेश २ को जारी अधिवेशन अन्तर्गत आज हुने भनिएको निर्वाचन भोली बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ ।
आजै अबेरसम्म सुरु हुने भनिएको मतदान कार्यक्रम समेत भोली विहिबार मात्र हुने बताइएको छ । निर्वाचनको लागि आवश्यक परेको आवयश्कता बमोजिम मतपत्र पनि नछापिएकाले अधिवेशन बिहीबार बिहानसम्मलाई स्थगित गरिएको छ।
साँझ ६ बजेसम्म मतपत्र छपाईको काम पूरा हुन नसकेकोले निर्वाचन भोली बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको निर्वाचन समितिले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्