द प्रदेश टाइम्स ब्युरो/समचार
पुस २६ गते सोमबार
भोलिदेखि लागूहुने गरी माघ १५ गतेसम्म देशभरका सबै आधारभूत र माध्यमिक तहका विद्यालय बन्द गर्ने शिक्षामन्त्रालयको निर्णय गरेको छ । हिजो बसेको सीसीएमसीसीको सिफारिसलाई मन्त्रालयले कार्यान्वय गर्ने गरी साेमबार दिउँसो निर्णय गरेको हो ।
प्रवक्ता दीपक शर्माका अनुसार पूर्व निर्धारित सेमेष्टर र वार्षिक परीक्षा कार्यक्रमहरु जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गरि सञ्चालन गर्न पाइने भएको छ ।
बिदाकै अवधिमा १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षभन्दा माथिका सबै उमेर समूह र पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकलाई खोप उपलब्ध गराउन पनि सिफारिस गरिएको छ । विद्यालय बन्दको मोडालिटीसहितको पूर्ण जानकारीसहितको सूचना मन्त्रालयले जारी गर्ने तयारी गरेको छ ।
विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित सेमेस्टर र वार्षिक परीक्षा जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना हुने गरी सञ्चालन, परीक्षा केन्द्रमा मास्क र सेनिटाइजरको प्रयोग र भौतिक दूरीको प्रावधान कडाइका साथ परिपालना गराउने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्