जनकपुरधाम । प्रदेश २ का संसदीय दलको उपनेता तथा प्रदेशसभा सदस्य रामअशिष यादवले प्रदेश २ को नामकरण ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ मा मतदान गर्न प्रदेशसभा सदस्यहरुलाई आग्रह गरेका छन् ।
प्रदेशका नाम र राजधानी टुंगो लगाउन प्रदेशसभा २ मा सोमबार हुने मतदानअघि सांसद यादवले आफ्नो फेसबुक स्टेटस जारी गर्दै मधेस विद्रोहका पृष्ठभूमि, जनविद्रोहबाट प्रतिबिम्बित जनचाहना र सार्वजनीन आवश्यक्ताका सिद्धान्त तथा व्यवहारका आधारमा प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम हुनुपर्ने सो आग्रह गर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्