सन्तोष कुमार यादव
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका धनुषा जिल्ला अध्यक्ष पशुपति यादवले जनमत पार्टीका अध्यक्ष डा. सि.के राउतलाई कडा चुनौती दिएको छ।
बलिदानी दिवसको अवसरमा गौर कार्यक्रम व्यब्रेक मैदानमा समाजवादी युवा संघले आयोजना गरेको कार्यक्रममा सहभागी हुन गएकि मन्त्री रेणु यादवलाई बाटोमै जनमत पार्टीद्वारा एकाएक हमला गरी मुठभेड, हिंसा जस्तै ठूलो झडपको प्लानिङ थियो अध्यक्ष पशुपति यादवले बताए।
उनले भने, किसान आन्दोलनको नाम आफ्नै कार्यकर्ताहरु किसान व्यापारको हानी नोक्सानी पुर्याएको हो । कोट ,पाइन्ट भठा, लाठी लिएको कुनै किसान होइन किसान आन्दोलनको नाममा जनतालाई भ्रममा पार्ने षडयन्त्र हो।
उनले भने ‘ सीके राउत कुनै मुदा लिएर राजनिति गर्नु भएको छैन, उहाँ कसैको इशारामा, कसैको द्वारा संचालित भएर मधेसको मुदालाई, मधेसको एजेन्डालाई कमजोर पार्नेको लागि संचालित व्यक्ति रुपमा उहाँ काम गर्दै आएको छ । सीके राउत मधेश विरोधी केपी शर्मा ओलीका दूत हुन , जसले मधेशी जनतालाई भ्रममा पार्ने काम गरिरहेको यादवले बताए।
उनले भने, अगामी दिनमा यस्ता मुठभेडको हिंसा भड्काउने प्रयास भए जनता समाजवादी पार्टी नेपालले राजनीतिक वा कानुनी रुपमा कारबाही गरिने छ।
प्रतिक्रिया दिनुहोस्