
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पाटीेका नेता डा. दुमनसिंह थापाको निधन भएको छ ।
पूर्वसांसद समेत रहेका नेता थापाको आइतबार साँझ उपचारको क्रममा काठमाडौंस्थित ह्याम्स अस्पतालमा निधन भएको हो ।थापा अर्घाखाँची जिल्लाबाट पहिलो संविधानसभामा एमालेबाट निर्वाचित भएका थिए ।
एमाले विभाजनपछि उनी माधव नेपाल नेतृत्वको नेकपा (एस)मा आएका थिए । उनी नेकपा (एस)को केन्द्रीय निर्वाचन आयोग सदस्य समेत रहेका थिए ।उनी मेघा बैंकका संस्थापक तथा पूर्वसचलक समेत हुन् । थापाको केही समयअघि मृगौला प्रत्यारोपण गरिएको थियो ।उनको निधनप्रति अध्यक्ष माधव नेपालले पनि फेसबुकमो स्टाटस लेख्दै दुख: व्यक्त गरेका छन् ।























