जनकपुरधाम, माघ १८ गते । जनता समाजवादी पार्टीका युवा नेता जितेन्द्र यादवले मदरसा विधेयक छिटै पारित हुने बताउनु भएको छ।
जनकपुरधाम को स्टेशन एरिया मा आयोजित पार्टी प्रवेश कार्यक्रममा युवा नेता यादवले मदरसा विधेयक संदनको बिषेश समितिमा गइसके पछि पनि नेपाली काङ्ग्रेस, नेकपा एमाले र खासगरी मधेसीको खोल उढने लोसपाले व्यापक बिरोध गरिएकोमा आपत्ति जनाएका छ्न। मुस्लिम, दलित, जनजाति, आदिवासी, पिछडावर्ग तथा सिमान्त सम्पुर्ण उत्प्रेरित समुदायबाट भोट लिने माध्यम नरहेको जसपा नेपाल अधिकार सम्पन्न बनाउन छिटै पारित हुने बताउनु भयो।
उहाँले मुस्लिम समुदायलाई जनसंख्याको अधारमा अगाडि बढाउन देश र प्रदेश मा सम्मान अधिकारका लागि संघर्ष गर्ने एक मात्र पार्टी जसपा नेपाल रहेको उल्लेख गर्नु भयो।
जसपा नगर अध्यक्ष विष्णु देव साहको अध्यक्षतामा भएको कार्यक्रमको प्रदेश सांसद रामअशिष यादवको प्रमुख अतिथी सम्पन्न पार्टी प्रवेश कार्यक्रममा संघीय परिषद सदस्य रन्जित चौधरी, प्रदेश सदस्य बिजय भगत, जिल्ला उपाध्यक्ष अम्भु प्रसाद साह, सचिव घनश्याम यादव, युवा अध्यक्ष दिपु कापडी र नगर उपाध्यक्ष वसिम अकरम सहित का वक्ताले आफ्नो मन्तव्य राखेका थिए।
उक्त पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस,ऐमाल पार्टी परित्याग गरी २ सय जना भन्दा बढी कार्यकर्ताहरु जसपा नेपाल पार्टीमा प्रवेश गरेका छन्।
प्रतिक्रिया दिनुहोस्