सन्तोष कुमार यादव
जनकपुरधाम । धनुषाको कमला नगरपालिकाका जनप्रतिनिधिको कार्यकाल विवादै–विवादमा सकिने भएको छ । नेपाली कांग्रेसबाट निर्वाचित नगरपालिका मेयर राम उदगार गोईत र सोही पार्टीबाट निर्वाचित उपमेयर शीलादेबी मण्डलबीच तालमेल नमिल्दा जनप्रतिनिधिको ५ वर्षे कार्यकाल विवादित बनेको हो ।
आफ्नो पाँच वर्षे कार्यकालमा सुरुदेखिनै मेयर गोईत र उपमेयर मण्डलको पटक पटक बिवाद परेका कारण विकासको ट्रयाकमा आउन सकेनन् भने गुनासो स्थानीयहरुले गर्न थालेको छ।
२०७६ जेठ ६ सोमबार, उपमेयर शीलादेबी मण्डलले पत्रकार सम्मेलन गरी आफूलाई सेवासुविधा नदिएको भन्दै पदबाट राजीनामा दिने चेतावनी दिएकी थिए।
गत वर्ष भदौ २८ उपमेयर शीलादेबी मण्डलले पत्रकार सम्मेलन गरी भनिन् ‘हाम्रो माँग पुरा नहुन्जेलसम्म नगरपरिषद हुन नदिने गोईतलाई चेतावनी दिएकी थिए। उनले भनिन् ‘मेयर रामउदगार गोइत आफू मनगरी कार्य गर्दै आएको छ ।
विवाद यतिमै रोकिएन, नगर प्रमुख गोइतले निमित प्रशासकीय अधिकृत सि अहेव बिरेन्द्र सढानलाई नै निरंतरता दिने मनसायको कारण त्यहाँ सरुवा भई आएका प्रशासकीय अधिकृत सुबोध ठाकुरलाई हाजिर समेत हुन नदिने अडानका कारण ३२ दिनदेखि बिभिन्न बहाना बनाई नगरपालिकाका सम्पुर्ण कामकाज ठप्प बनाएका थिए। ३२ दिनपछि तालाबन्दी खुल्दा पनि मेयर गोईतका आतोपतो छैनन्। अधिकृत ठाकुरलाई सरुवा गराउन मेयर गोइत विभिन्न मन्त्री र मन्त्रालयमा दौडधुप गर्दैछ । नगरपालिकाका दुइटै गाडी आफ्नो दर्बाजामा राखी नेता-कार्यकर्ता को कामकाजमा प्रयोग गरिन्छ भने स्थानीयका गुनासो गरेका हुन् ।
यस क्रियाकलापले पनि नगरपालिका समय समयमा बिबादमा तानिन्दै आएको छ । तर, उनकै नगरपालिका भित्र वडाध्यक्षहरु बिचको लफडा ५ बर्ष देखि रहिरहेको छ ।
जेठ ४ गतेका लागि घोषणा भएको स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा कमला नगरपालिकामा चुनावी चर्चा सुरु भएको छ । राजनीतिक दलहरू आफ्नो पक्षमा जनमत जुटाउन गाउँगाउँमा कार्यकर्ता भेलामा जुट्न थालेका छन् भने चोक, चौतारी र चिया पसलमा चुनावकै चर्चा सुरु भएको छ ।
पाँच वर्षपछि हुन थालेको स्थानीय तहको निर्वाचनपश्चात् विकासले गति लिने समेत आम सर्वसाधारणले विश्वास लिएका छन् ।
प्रतिक्रिया दिनुहोस्