सन्तोष कुमार यादव/
जनकपुरधाम। स्थानीय तह निर्वाचनको करिब पाँच वर्ष हाराहारीमा पुगिसक्यो तर पूर्वी धनुषाको कमला नगरपालिकामा अहिलेसम्म पनि विकास, शिक्षा, कृषि तथा स्वास्थ्य क्षेत्रमा काम भएका छैन भने स्थानीयहरु गुनासो गर्न थालेको छ।
स्थानीय तहको निर्वाचन भइ स्थानीय सरकारहरु निर्माण भइसकेपछि “गाउँगाउँमा सिंहदरवार” को नाराको कारण जनताका अपेक्षाहरु स्थानीय सरकारतिर सोझिनु स्वभाविकै थियो । तर, कमला नगरपालिकामा कृषि, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा अहिले सम्म अन्यौल नै छ।
संघीय सरकारले अध्यक्षको आफू अनुकूल कार्यकारी अधिकृत नपठाउँदा कर्मचारीको विरोध गर्ने परिपाटी बढ्दै गएपछि नगरपालिका नै अस्तव्यस्त भएको थियो भने आम नागरिकलाई जीवनयापनमा पनि समस्या भएको थियो।
नगर प्रमुख र प्रशासकीय अधिकृतबीच हुने मतान्तरले विकास निर्माणका काम पनि प्रभावित भएका छन् । जनप्रतिनिधि र कर्मचारी बीच आपसी समझदारी र सहकार्य हुन सके स्थानीय तहमा देखिएका यस्ता समस्या समाधान हुने थियो ।
जनप्रतिनिधि पनि हो भनेर आस नगरबासीले छोडिएको अवस्था छ। स्थानीय भने, विकासका नाममा बजेट जति आए पनि सदैव दुर्गम र पिछडिएको टोल-टोल सम्म देखाएर व्यक्तिगत स्वार्थ पूरा गर्ने राजनीतिक नेतृत्व भएसम्म व्यवस्था जति फेरिए पनि कमला नगरपालिका अवस्था उही नै हो।
स्थानीय तहको पहिलो दायित्व र कर्तव्य विद्यालय शिक्षासम्बन्धी दैनिक प्रशासनिक कार्यको व्यवस्थापन गर्नु हो । माध्यमिक तहको शिक्षाको संचालन रेखदेख र व्यवस्थापन गर्ने संवैधानिक अधिकार स्थानीय तहमा प्राप्त भएको छ ।
तर पनि स्थानीय सरकार बिधालयका व्यवस्थापन गर्न नसकेको अवस्था देखिन्छ। यो अधिकारको रक्षा गर्दै गुणात्मक शिक्षा विकासमा अग्रसर हुनुको कुनै विकल्प छैन । कतिपय नगरपालिका र गाँउपालिकामा शिक्षाको पहिलो प्राथमिकतामा राखेर शिक्षा विकास भएका थुप्रै उदाहरण पाउन सकिन्छ । कमला नगरपालिकामा विधार्थीहरु गुणात्मक शिक्षा नपाउँदा अन्तै पढ्न बाध्य भएका हुन्।
तर, कमला नगरपालिकामा हेर्ने हो भने स्थानीय सरकार बेखबर देखिन्छ। शिक्षाको गुणस्तरीय विकासका लागी प्रयास नभएका होइनन् ता पनी सामुदायिक विद्यालयमा लगानी अनुसारको गुणस्तरीय शैक्षिक उपलब्धी प्राप्त नभएको तितो सत्य हो।
आधारभूत देखि माध्यामिक तहसम्मको विद्यालय शिक्षाको विकासमा प्रमुख भुमिकामा रहेको महत्वपुर्ण व्यक्ति प्रधानाध्यापक हो । कतिपय विधालयमा राजनीतिक,आफन्त जस्तो व्यक्तिलाई नेतृत्व गरी शिक्षाको तहसनहस नै स्थानीयका गुनासो छ। नेतृत्व प्रभावकारी भएन भने विद्यालयको सम्पुर्ण शैक्षिक संरचना सवल र सक्षम हुन सक्दैन
नेपाल कृषि प्रधान मुलुक हो। कृषि क्षेत्रभित्रको पीडा किसानलाई कम छैन। कृषिमा क्रान्ति गर्ने र किसानलाई विभिन्न सुविधा दिने घोषणापत्र बनाएर चुनाव जित्ने नेता पनि कम छैनन्। तर, खेती–किसानी गरेर मुलुकलाई खाद्यान्नमा अब्बल बनाउन प्रयास गर्ने र जीवन चलाउने किसानको मुहारमा खुसी भने छाउन सकेको छैन। आशा देखाउनेले मात्रै होइन, प्रकृतिले पनि किसानलाई ठग्ने गरेको छ। सरकारले बनाउने बजेट, योजना र कार्यक्रममा किसानका विषय पहिलो प्राथमिकतामा पर्दैनन्। प्राकृतिक विपत्को चपेटामा पर्दा राहतका लागि पनि हार गुहार गर्नुपर्छ।
कृषि प्रधान मुलुकमा यस्तो अवस्था हुनु दुःखद् कुरा हो। यस गरी कमला नगरपालिकामा मलखाद र सिँचाइको असुविधाका साथै समयमै रोग निवारणको पहल नगर्दा किसानले पर्याप्त उत्पादन लिन सकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्